बाह्रैमासे जुधाइ



माघ १, माघे संग्रान्ति। सबै नेपालीले विविध साँस्कृतिक र परम्परागत अभ्यासका साथ मनाउने साझा पर्व। नुवाकोटको तारुकामा भने बेग्लै ढंगले मनाइन्छ, गोरु जुधाएर। गोरु जुधेको/जुधाएको हेर्न वर्षेनी हजारौं व्यक्ति तारुका पुग्छन्।

एक हल हैन, दुई हल हैन, यसपटक २१ हल गोरु जुधाइयो। कार्यक्रमका प्रमुख अतिथि बने कांग्रेस महामन्त्री सशांक कोइराला। बेलाबेलामा छोड्ने मन्द मुस्कानसहित कालो चस्मा ढल्काएका बड्डाले कार्यक्रमको आनन्द खुबै लिए।

तन (शरीर) तारुकामा भएर के भो त, उनको मन र आनन्द भने पार्टी मुख्यालय सानेपा, देउवा निवास बुढानीलकण्ठ र पौडेल निवास बोहोराटारतर्फ तानिएको धरहराले प्रष्टै बुझ्यो।

पार्टीको बाह्रमासे जुधाई सम्झिदै मुस्कान मात्रै हैन कोइरालाले बेलामौकामा त खित्कै छोडेको पनि देखियो। बाह्रमासे बुढा गोरु खेलका असली शूत्रधार भएसी उनले खित्का नछोड्ने कुरै भएन।

बुधबार तारुकाको साँढे जुधाई शीतल निवासले पनि टेलिभिजनमार्फत नियाल्यो। चिल्ला र बलिया गोरुको लडाइँ नियालिरहेकी राष्ट्रपतिको ध्यान नेकपाका शीर्ष नेता ओली–प्रचण्डतर्फ मोडियो। सभामुख चयनको खेलमा जुधिरहेका नेताबारे उनको मनले अरू के–के सोच्यो कुन्नी पाठकवृन्दहरुले आफैं बुझौं।

प्रतिक्रिया दिनुहोस्