जिल्ला सहकारी संघ गुल्मीको अध्यक्षमा गौतम



नेपाल समाचारपत्र, गुल्मी ।

जिल्ला सहकारी संघ गुल्मीको २६औं साधारण सभा सम्पन्न भएको छ। संघले अध्यक्षमा शेषकान्त गौतमको अध्यक्षमा १५ सदस्यीय कार्यसमिति चयन गर्दै साधारण सभा सम्पन्न गरेको हो।

जिल्ला शहकारी संघ गुल्मीका व्यवस्थापक युवराज आचार्यले बताए। संघको उपाध्यक्ष यमबहादुर थापा चयन हुनुभएको छ। सभाले लेखा पदपूर्ति समितिसमेत गठन गरेको छ। जसको संयोजकमा नरेशकुमार भण्डारी र सदस्यहरू गेपाल पाण्डे, चन्द्र पराजुली रहनु भएको छ।

साधारण सभाले आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो। जिल्ला शहकारी संघ गुल्मीले विगत केहि वर्ष यता किसानबाट अर्गानिक कफी खरिद गरेर विदेश निर्यात गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्