सभामुख पदमा दाबी गर्नु स्वाभाविक हो



नेपाल समाचारपत्र, लमजुङ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले रिक्त सभामुख पद पार्टीको पक्षा मराख्न उपसभामुखलाई राजीनामा दिन अनुरोध गरिएको बताउनुभएको छ। लमजुङको बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो।

‘संविधानको मर्मअनुसार सभामुख पद हाम्रो पार्टीको पक्षमा राख्नका लागि उपसभामुखलाई राजीनामा दिन अनुरोध गरिएको हो’, प्रवक्ता श्रेष्ठले भन्नुभयो– ‘सभामुख पदका लागि उपसभामुखले पनि दाबी गर्नु स्वाभाविक हो।

प्रतिनिधि सभाका कुनै पनि सदस्यले सभामुख पदमा दाबी गर्न सक्छन्। अहिलेको उपसभामुखले पनि दाबी गर्ने हक राख्नुहुन्छ र स्वाभाविक पनि हुन्छ।’

तर उपसभामुखले राजीनामा नदिँदासम्म सभामुख हाम्रो पार्टीले पाउने सम्भावना अन्त्य हुने उहाँले बताउनुभयो। सभामुख उहाँ नै बन्ने हो भने पनि त्यो सभामुख हाम्रो पार्टीले पाउन सक्ने बाटो त पहिला तयार हुनुपर्यो। त्यसको मार्ग प्रशस्त हुनुपर्ने बताउनुभयो उहाँले भन्नुभयो।

अर्को प्रसंगमा, उहाँले एमसीसीको विषयमा सचिवालयको बैठकमा छलफल गरेर राष्ट्रिय हितलाई केन्द्र्र्रविन्दुमा राखेर, वस्तुवादी भएर आवश्यक निर्णय लिइने उल्लेख गर्नुभयो।

‘एमसीसीको बारेमा पार्टीको स्थायी कमिटी सचिवालयले यसबारेमा छलफल गरेर आवश्यक निर्णय गर्नेछ भन्ने निर्देशन दिइएको छ’, उहाँले भन्नुभयो– ‘त्यसैअनुसार हामी सचिवालयको बैठकमा छलफल गरेर राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राख्दै, वस्तुवादी हुँदै आवश्यक निर्णय लिनेछौं।’

प्रतिक्रिया दिनुहोस्