फेस अफ द इयरको ट्यालेन्ट शो



किड्डी फेस अफ द इयर २०२० का ३२ प्रतियोगी बालबालिकाले आफूभित्र रहेको विभिन्न प्रतिभा प्रस्तुत गरेका छन्।रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको प्रतियोगिताको ट्यालेन्ट शोअन्तर्गत उनीहरूले नृत्य, गायन, अभिनय, वक्तृत्वकला, चित्रकला, योगलगायत विषयमा आ–आफ्नो प्रतिभा देखाएका हुन्।

प्रतियोगितामा ७ बालक र २५ बालिका फाइनल स्पर्धामा भिड्दै छन्। उपत्यकाका विभिन्न १६ विद्यालयका सयभन्दा बढी सहभागी प्रतियोगी रहेको प्रारम्भिक अडिसनबाट ३२ बालबालिका छानिएका हुन्।

प्रतियोगितामा बालिकातर्फ ९ देखि १२ जुनियर र १२ देखि १४ सिनियर छुट्याइएको आयोजक रेडियन्टका प्रबन्ध निर्देशक तथा कोरियोग्राफर राज फैजुले जानकारी गराए।

उपाधिका लागि आयोजित ट्यालेन्ट शोमा गीतकार निलिमा मास्के श्रेष्ठ, मेकअप आर्टिस्ट गुण केसरी ताम्राकार, रंगमञ्च कलाकार श्याम खड्का र नृत्य निर्देशक मन्दिरा वज्राचार्य निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्