ललितपुरबाट विप्लवका दुई नेता पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

ललितपुरबाट नेत्रविक्रम चन्द विप्लव समूहका दुई जना जिल्लास्तरीय नेतालाई प्रहरील पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरका जिल्ला सेक्रेटरी तथा पूर्वइन्चार्ज रमेश डंगोल र युवा संगठन प्रमुख सन्तमान स्याङतान रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई ललितपुरको तिखिदेवलबाट बुधबर दिउँसो प्रक्राउ परेका थिए । ललितपुरस्थित एनसेल टावरमा क्षति पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्