एभरेष्ट तेक्वान्दो बिहीबारदेखि



काठमाडौं, (नेस)।
अमेरिकामा मुख्यालय रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको नेपाल शाखाले दोश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आयोजना गर्दैछ।
प्रतियोगिता माघ २ देखि ४ गतेसम्म सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको तेक्वान्दो एकेडेमी हलमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सन्जिव फुयालले जानकारी गराए।

ग्योरोगी र पुम्सेमा गरी जम्मा ११० स्वर्ण, ११० रजत र २२० काँस्यका लागि प्रतिस्पर्धा हुने छ। १ हजार २ सय खेलाडीको सहभागिता रहने जानकारी दिइयो।

टिममा पहिलो हुनेले १ लाख, दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरिने छ।
उत्कृष्ट दुई निर्णायकलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ। त्यस्तै सातै प्रदेशबाट सहभागी हुने उत्कृष्ट र विपन्न डोजाङहरूलाई १ लाख ५० हजार बराबरको खेल सामाग्री प्रदान गरिने छ।

प्रतिक्रिया दिनुहोस्