सफलताको कथा : व्यापारको वातावरण छैन भन्नु गलत



भूपराज बस्याल, काठमाडौं।
नेपालमा व्यवसाय गर्ने अवस्था नै छैन, सरकारी नीतिनै छैन बैंकको ब्याजदर महँगो छ, यी यावत कुरा बजारमा सुन्ने गरिन्छ। तर नेपालमा उत्पादन हुने गरेको ‘रन सु’का सञ्चालक रुद्र न्यौपानेलाई भेटेपछि भने माथि भनिएजस्तो नभएको पस्ट बुझ्न सकिन्छ।

व्यापार गर्ने वातावरण मात्रै सिर्जना भएको होइन नेपालमा अहिलेजस्तो व्यापारको वातावरण कहिल्यै नभएको बुझ्न सकिन्छ। त्यसको मुख्य कारण हो इन्स्योरेन्स।नेपालमा शान्ति सुरक्षाको हिसाबले व्यापार गर्ने वातावरण बन्दै गएको र त्यसैमाथि इन्स्योरेन्सको सपोट पाएपछि उहाँ व्यापारमा एकदमै उत्साहित हुनुहुन्छ।

आजभन्दा आठ वर्ष पहिले पनि नेपालमा लगानीको वातावरण नभएको भन्ने गफ सुन्दै आउनुभएको उहाँ गफका पछि नलागेर कामतिर ध्यान दिँदैजादा र इन्स्योरेन्सको पनि साथ पाउदा आज देशैभरीको लागि आवश्यक पर्ने जुत्ता चप्पल कम्पनीको मालिक बन्न सफल हुनुभएको हो।

२०५७ सालमा वैवाहित जीवनमा बाँधिएपछि आफूले खाँदै आएको सरकारी जागिर छाडेर व्यवसाय तिर लाग्नुभएका सिन्धुपाल्चोक बेलफी गाउँपालिका २ का न्यौपाने हाल काठमाडौंको प्रतिष्ठित व्यापारीको रूपमा चिनिनुहुन्छ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा व्यवसायको इन्स्योरेन्स गराएर ढुक्क हुनुभएका उहाँले नेपाल समाचारपत्रसँगको कुराकानीमा भन्नुभयो ‘फाइदाको केही प्रतिशत दिने हो।त्यति दिएपछि आफूले त्यसबारे धेरै चिन्ता लिन परेन।

ठूलो लगानी लगाएर खोलेको कम्पनी डुब्छ कि भन्ने चिन्ता भएन। केही भयो भने इन्स्योरेन्सले कभर गरी हाल्छ। लगानीको चिन्ता लिन नपरेपछि व्यवसायको बजारलगायतको बारेमा समय खर्च गर्न सकिन्छ जसले गर्दा व्यापारलाई दुर्त गतिमा अगाडि लान सकिन्छ।’

 सिन्धुपाल्चोकको अर्गानिक तरकारी काठमाडौंमा सप्लाइ गर्न भन्दै काठमाडांै झर्नुभएका उहाँ काठमाडांै आएपछि इन्स्योरेन्सको पोलिसी थाहा पाएसँगै जुत्ता चप्पल कम्पनी उत्पादनतिर लाग्नुभएको थियो। हाल जुत्ता चप्पलमा व्यावसायिकरूपमा लागेपनी कृषि र हाइड्रोपावरतिर पनि लगानी लाउनुभएको छ। भने कृषिमा सरकारको अनुदान असली कृषकसँग पुग्न नसकेको उहाँको अनुभव छ।
चाइना, इन्डियन, सिंगापुर, कोरियालगायतका देशबाट कच्चापदार्थ ल्याएर सानोठिमी भक्तपुरमा जुत्ता चप्पल उत्पादन कम्पनी चलाउनुभएका न्यौपानेले करिब २ सय ५० लाई रोजगारी दिनुभएको छ भने नेपालको बजारमा आवश्यक पर्ने हजारौं मोडलका जुत्ता चप्पल उत्पादन गर्दै आउनुभएको छ।
व्यापारमा सफलता हासिल गर्न आफ्नो अनुभव सुनाउँदै उहाँले भन्नुभएको ‘व्यापारमा सफलता हासिल गर्न इम्बिसन (महत्वाकांक्षी) मिसन र डेडिकेसन हुनुहुन्छ पर्छ। ‘बितेका दिन फर्केर नआउने भन्दै व्यापारको लागि हरेक दिन महत्वपूर्ण हुने उहाँको अनुभव छ।
‘जाडोको समयमा जाडोको जुत्ता उत्पादन गरेर बजारमा दिनुपर्यो, गर्मीको समय गर्मीका जुत्ताचप्पल बजारमा दिनुपर्यो त्यसैले हरेक दिन हरेक समय र हरेक क्षण व्यापारको लागि महत्वपूर्ण हुन्छ।

‘नेपालमा समय समयमा परिवर्तन भई राख्ने जुत्ता चप्पलको मोडलअनुसार चल्न सकिएन भने यो व्यवसायमा फेल भईने उहाँको भनाइ छ। नेपालमा काम भन्दा गफ धेरै हुने गरेको प्रसंग जोड्दै विदेशमा काम गर्नेको सम्मान हुन्छ तर नेपालमा गफ गर्नेको  देश आर्थिकरूपमा सबल हुन काम गर्नुपर्ने हुन्छ।

त्यसको लागि गफ गर्नेको भन्दा काम र काम गर्नेको सम्मानको विकास हुन जरुरी हुने उहाँको तर्क छ। नेपाल ट्रेडिङको बजार बनेको भन्दै धेरैलाई रोजगारी दिन र नेपाली युवाहरू विदेश नपठाउन उत्पादन मुलुक क्षेत्रमा ध्यान दिनुपर्ने न्यौपानेको तर्क छ।

प्रतिक्रिया दिनुहोस्