सांघाई सहयोग संगठनका सम्मेलन भारतमा



नयाँदिल्ली, (एजेन्सी)।

सांघाई सहयोग संगठन (एससीओ)को आयोजना गर्ने जिम्मेवारी यो वर्ष भारतले पाएको छ। यस शिखर सम्मेलनमा भाग लिन पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि भारत आउन सक्ने अनुमान गरिएको छ।

यो ओयोजना यो वर्षको अन्तमा प्रस्तावित छ। तर अहिलेसम्म तिथि तय भएको छैन। गत वर्ष संगठनको शिखर सम्मेलन किर्गिजस्तानमा आयोजना भएको थियो, जसमा इमरान र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भाग लिएका थिए।

भारत र पाकिस्तानले यसको स्थायी सदस्यता सन् २०१७ मा पाएका थिए। संगठनका महासचिव भ्लादिमिर नोरोवले एससीओको वार्षिक बैठक भारतमा हुने जानकारी दिएको हो।

भारतले ८ सदस्य देश रहेको यस विश्व संगठनको वार्षिक बैठकको आयोजना गर्न लागेको यो पहिलोपटक हो। भारत, चीन, रुस, कजाखकिस्तान, किर्गिजस्तान, ताजकिस्तान, पाकिस्तान र उज्वेकिस्तान एससीओका सदस्य हुन्।

गत वर्ष किर्गिजस्तानमा आयोजित सम्मेलनमा सबै प्रकारका आतंकवादमाथि रोक लगाउने प्रस्ताव पारित गरेको थियो। सम्मेलनमा सहभागी भएका मोदी र इमरानबीच अभिवादन र सन्चो विसन्चो सोध्नेसम्म भएको पाकिस्तानी विदेश मन्त्री शाह महमुद कुरैसीले जानकारी दिएका थिए।

एससीओको एक बैठक जलाइमा पनि प्रस्तावित छ ।जसमा सदस्य देशका राष्ट्राध्यक्षले भाग लिन सक्नेछन्।पाकिस्तानले भारतमा हुने उक्त शिखर सम्मेलनमा भाग लिनका लागि आउने निमन्त्रणालाई स्वीकार गर्छ वा गर्दैन भन्ने विषयमा स्पष्ट नभएको पाकिस्तानको अखबार द न्युजले जनाएको छ। यसको कारण दुई देशको तनावपूर्ण सम्बन्ध हो।

सन् २०१९ अगस्ट ५ मा भारतले विवादास्पद भूमि जम्मु काश्मिरको अनुच्छेद ३७० र धारा ३५ ए हटाएको थियो। पाकिस्तानले सबै अन्तर्राष्ट्रिय मन्चमा यसको विरोध गरेको छ।

|यद्यपि मलेसिया र टर्कीले पाकिस्तानलाई समर्थन गरेको छ। भारतको यो कदमविरुद्ध विश्व मौन रहेको तर यसको परिणाम गम्भीर हुने इमरानले चेतावनी दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्