निजी कार वर्जित



लन्डन, (एजेन्सी)।

वातावरणीय प्रदूषण कटौती गर्ने उद्देश्यले बेलायतको बर्मिगघम शहरभरि निजी कार प्रयोगमाथि प्रतिबन्ध लगाइएको छ। ती सवारी साधानलाई शहरभित्र प्रवेश गर्ने छुट भए पनि अन्य क्षेत्रमा जानलाई भने फेरि रिंगरोडतर्फ फर्किनुपर्ने प्रावधान राखिएको छ।

नगर परिषद्को नयाँ सार्वजनिक गरिएको पारवाहन योजनामा ए३८ लाई पनि रिरुटिंग गर्ने र आवासीय क्षेत्रका सडकहरुमा सवारी साधनको गति सीमा २० माइल प्रतिघन्टा कायम गर्ने उल्लेख गरिएको छ। यसले सार्वजनिक सवारी साधन, हिँडाइ र साइकलिङलाई बढावा गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्