प्रदेश पाँचका प्रदेश प्रमुखद्धारा माघीको शुभकामना



यमलाल भुसाल, बुटवल ।

प्रदेश पाँचका प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाली समुदायले मनाउने माघी पर्वको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । मंगलबार उहाँले शुभकामना सन्देश जारी गर्दै हरेक जातजाती र क्षेत्रमा मनाईने चाड पर्वहरुको आफ्नै राष्ट्रिय महत्व रहेको उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा, यस्ता पर्वहरुले नेपालका जातजाती बिच एक आपसमा भाईचाराको सम्बन्ध बढाई राष्ट्रिय एकता सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने छ, भनिएको छ ।

थारु समुदायमा नयाँ वर्षको रुपमा पनि यो पर्व मनाईन्छ । विशिष्ट सांस्कृतिक सम्पदाको रुपमा रहेका यस्ता पर्वले मुलुकलाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । प्रदेश प्रमुख यादवले दिनुभएको शुभकामना सन्देशमा बिभिन्न सांस्कृतिक समुदायले एउटै पर्वमा फरक फरक नाम र मान्यताले मनाउने प्रचलनले नेपालीमा हर्सोल्लासका साथै शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता सुदृढ पार्न मद्दत पुर्याउने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्