एकातिर गर्भ, अर्काेतिर विवाह



मोतीराम तिमल्सिना, काभ्रे ।

२३ वर्षिय एक युवाले १९ बर्षिय युवतीलाई गर्भ बोकाएर अर्काे युवतीसँग विवाह गरेका छन् । सम्वन्ध रहेको साढे ८ महिनामा युवती गर्भवती थाहा भए पछि युवा पक्राउ परेका छन् ।

पक्राउ परेका युवक २२ दिन अघि अर्कै युवतीसँग विवाह बन्धनमा बाँधिएका थिए । युवतीले आफ्नो गर्भ रहेको जानकारी गराउँदा युवकले धम्कि दिए सँगै युवतीले प्रहरीकोमा उजुरी दर्ता गरेकी थिईन् । १९ वर्षिया युवती पेट दुखेर अस्पताल पुगे पछि साढे ८ महिनाको बच्चा रहेको जानकारी भएको थियो ।

जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ घर भएकी युवतीको कोखमा रहेको बच्चा मृत जन्मिएको छ । मण्डनदेउपुर नगरपालिका वडा नम्वर ८ घर भई हाल काठमाडौ जैसीदेवलबसी भाडाको ट्याक्सी चलाउँदै आएका २३ बर्षिय कृष्ण चौलागाई कोशिपारी स्थित साविक कात्तिकेदेउराली गाविस वडा नम्वर ३ पुगेको समयमा युवतीसँग चिनजान भएको थियो ।

+२ अध्ययन गरिरहेकी युवती र कृष्णको चिनजानका आधारमा फोन नम्वर साटासाट भयो । चिनजानकै आधारमा उनिहरु बीच भुकम्पको अनुदानबाट निर्मित आफन्तको दुई कोठे घरमा शारिरिक सम्वन्ध कायम भयो ।

मण्डन बस्ने कृष्ण राजधानी फर्किए । युवती गाउँमै रहिन् । बीचबीचमा कुराकानी भईरह्यो । कृष्ण अविवाहित थिए । विवाहका लागि प्रस्ताव गर्दा उनले नमानेको कृष्णको बयान छ ।

मसिंर अन्तिममा कृष्णले मागि विवाह गरे । विवाहको २२ दिनमा २०७६ पौष १८ गते राति कृष्ण प्रहरीको नियन्त्रणमा रहे । विवाहको जानकारी गराउँदा युवती र आफन्तले वेवास्ता गरेको कृष्णले बताए पनि युवतीका आफन्तले घटना लगत्तैै कृष्णलाई जानकारी गराउँदा उल्टै धम्क्याएको बताएका छन् ।

युवतीले बुबालाई पेट दुख्यो भने पछि काठमाडौको विर अस्पताल नजिकै रहेको ओम अनमोल क्लिनिकमा जचाउँन लगे । २०७६ पौष ११ गते क्लिनिकले युवतीको पेटमा ३६ हप्ता भन्दा धेरैको बच्चा रहेको प्रमाणित गरिदियो । त्यहि कारण युवतीको पेट दुखेको जानकारी गराए पछि बाबु छाँगाबाट खसेझै भए । तर छोेरीको अनुहार परिवर्तन भएन ।

किनकी उनलाई शुरु देखि नै आफ्नो पेटमा बच्चा रहेको जानकार भए पनि लुकाउँदै आएकी थिईन् । झण्डै ९ महिनाको पेट हुँदा पनि उनले घर, समाजमा लुकाउन सफल भएकी थिईन् । बाबुले छोरीकै बयानका आधारमा मुलुकी अपराध संहिता २०७४ अन्र्तगत जर्बजस्ति करणी अन्र्तगत कृष्ण विरुद्ध पौष १५ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलमा उजुरी दिए ।

उजुरी लगत्तै प्रहरीले युवतीलाई धुलिखेल अस्पतालमा मेडिकल जाँचका लागि पठायो । अस्पतालले युवतीको गर्भको बच्चा रहेकाले १६ गते अप्रेसन गर्ने निर्णय गर्यो । १६ गते अप्रेसन पछि प्रहरीले अस्पतालको सहयोगमा मृत शिशुको शवलाई परिक्षणका लागि शिक्षण अस्पताल पठायो । शिशुको डिएनए परिक्षण सहितको पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाईएको जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौड्यालले जानकारी दिनुभयो । युवती अस्पतालमा उपचारार्थ छिन् । प्रहरीको सक्रियतामा उक्त उजुरी दर्ता भएको थियो ।

प्रहरीले युवतीको उजुरीसँगै कृष्णलाई काठमाडौबाट पक्राउ गरेको हो । कृष्णले २०७५ चैत्र २५ गते विहान युवतीकै सहमतिमा शारिरिक सम्वन्ध राखेको प्रहरी समक्ष बयान दिएका छन् । २०६९ सालमा आफन्तको घरमा आवतजावत गर्ने क्रममा सामान्य चिनजान भई सामान्य बोलचाल भएको थियो । आफन्तको घर नजिक भएकाले पटक पटक आउने जाने गरेका थिए । युवती आउने बाटो चोकमा बसी कृष्णले ढुक्ने तथा पिछा गर्ने गरेका थिए । त्यसलाई बास्ता नगरी उनी आफ्नै सुरमा हिडिरहेको हुन्थिन ।

काम र पढाईमा कृयाशिल भईरहेकी युवती उनको प्रेम र पागलपनमा परिन् । कृष्णले २०६९ साल देखिको चाहना ७ वर्ष पछि पुरा गरे । भुकम्पको राहतले बनेको २ कोठे घरमा कोहि मान्छे थिएनन् । विहानको समयमा उनले काम छ भन्दै बोलाए । यसवतीले भनेकी छिन् – ‘कृष्णले सानो काम छ भनि बोलाए । के रहेछ त भनि त्यस घर भित्र जाँदा घरमा कोही नभएकोले ढोकाको चुक्कुल लगाई मैले भनेको मान भन्यो । नमाने जे पनि गर्न सक्ने धम्की दियो ।

कुट्ने पिट्ने गरि डर त्रास देखाई शारिरक सम्पर्क राख्नको लागी जोर जुलुम गर्यो। नमाने पछि लडाएर मुख थुनी कपडा च्याती सम्बेदनशिल अंगहरुमा समात्यो । काराईस भने जे पनी हुन सक्छ भनि जबरजस्ती गर्यो । जबरजस्ती करणी गरी पुनः यो कुरा कोही कसैलाई भनिस भने तेरो सारा परीवारलाइ सखाप पारी दिन्छु भनि धम्काई हिड्योे ।

डर त्रासले लाचार भई चुप लागेर रोई बसें । त्यो घटना पछि मेरो शरिरमा परिवर्तन आउन थाल्यो । दिन प्रतिदिन शरिरमा आएको परिवर्तन र महिनावारी बन्द भए पछि शंका लाग्यो । सबै परिवारबाट लुकाई राख्दा पछिल्लो पटक शरिरमा आलस्यता उत्पन्न हुन थाल्यो । धेरै समय पछि दिदी लगायत बुबा सँंग काठमान्डौ बिर अस्पताल नजिक ओम अनमोल किल्निक एण्ड डाईगोनोस्टिक सेन्टर प्रा.लि मा जँचाउन पुगें । त्यहाँ ३६ हप्ता भन्दा माथि गर्भ पुगी सकेको रिपोर्ट आउँदा म छाँगाबाट खसेको जस्तो भएँ ।

त्यतिखेर दिदीको माध्यमबाट कृष्ण चौलागाईलाई सम्पर्क गरी सोधें । उसले त्यो बच्चालाई फालिदेउ पछी म हेरौला हैन भने मलाई कुनै वास्ता छैन सकेको गरे हुन्छ अब मेरो बिबाहको कार्ड आउदै छ भनी फोन काटि दियो । त्यस पछि उ फोन सम्पर्क बाहिर रहेर उल्टै अनेकौ लान्छना लगाउँदै कुटपिट गरी मार्ने सम्मको धम्की दिन थाल्यो । न्यायको लागी जबरजस्ती करणी गरी अपराध गरेको ठहर सहित कानुन बमोजिमको सजाँय गरी उचित क्षतिपुर्ती भराई पाउन प्रहरीकोमा जोहरी दिएँ ।’

प्रतिक्रिया दिनुहोस्