अस्पताल तोडफोडप्रति नेपाल चिकित्सक संघद्वारा निन्दा



न्युज अफ नेपाल,काठमाडौ। 

नेपाल मेडिकल कलेजमा उपचारको क्रममा असामयिक निधन हुन गएको बिषयलाई लिएर केही व्यक्तिहरुले हातपात गर्ने, अस्पताल तोडफोड गर्ने कार्य गरेकोप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गरेको छ ।

एक विज्ञप्ती जारी गर्दै विरामीको उपचारमा कुनै पनि कसुर बाँकी नराखी अथक प्रयासका बाबजुत पनि विरामीको मृत्यु भएको घटनालाई लिएर अस्पताल परिसरमा हुल हुज्जत गर्ने तोडफोड गर्ने जस्ता गतिविधिहरुले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुबाट स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण नभएको र यसबाट उत्पन्न हुने परिस्थितिप्रति चिकित्सक तथा स्वास्थ्यकर्मीहरु जिम्मेवार हुन नसक्ने बताएको हो ।

घटनाको सत्यतथ्य छानबिन गर्नका लागि कानूनी बाटो अवलम्बन गर्नुको सट्टा यस्तो प्रकारको गतिबिधिमा संलग्न भएका व्यक्तिहरुलाई कानूनी कारवाही गर्न नेपाल चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्