रसुवामै पहिलो पटक अकियास फुटसल प्रतियोगिता सञ्चालन



सरस्वती न्यौपाने, रसुवा ।

जिल्लाको इतिहासमा पहिलो पटक अकियास फुटसल प्रतियोगिता सञ्चालन गरिएको छ ।

जिल्लामा प्रायजसो भलिबल, फुटबल, कराते लगाएतका खेल हरु हुन्थ्यो तर जिल्लामा सुरुवात स्वरुप फुटसल पनि समावेश गरि जिल्लालाई यस खेल मार्फत पनि अगाडि बढाउने उद्देश्यले पुष २८ देखि माघ दुई गते सम्म प्रथम अकियास फुटसल तथा एकल नृत्य प्रतियोगिता गर्न लागिएको अकियास रसुवाका अध्यक्ष निवेश श्रेष्ठ ले बताउनु भयो ।

शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्वलित समाज (अकियास) ले आयोजना गरेको उक्त प्रतियोगिता मा जिल्लाका १७ जना टिमले भाग लिएका छन् ।यस प्रतियोगिताले पर्यटन प्रर्वद्धनमा टेवा पुर्‍याई जिल्ला लाई समेत पहिचान पुर्‍याउन मदत पुग्छ ।सम्भवत यो खेल जिल्लामा पहिलो पटक हुन गएकोले आयोजक टिम लाई रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले धन्यबाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्