ट्रम्पको गुनासो



वासिङटन, (एजेन्सी)।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गतवर्षको नोवेल शान्ति पुरस्कार आपूmले पाउनुपर्ने तर उनको दावेदारीलाई लत्याएको गुनासो गरेका छन्। ओहायोको टोलेडोमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफूले एक देशलाई बचाएको र त्यसपछि उक्त देशका प्रमुखलाई नै नोवेल शान्ति पुरस्कार दिएको आपूmले सुनेको बताए।

उनले नाम उल्लेख नगरेपनि उनको संकेत इथियोपियाका प्रधानमन्त्री अबी अहमदतर्फ थियो। ट्रम्पले नोवेल शान्ति पुरस्कारका लागि आधिकारिकरूपमा बधाई पनि दिएका थिएनन्। ट्रम्पले यसअघि पनि सार्वजनिकरूपमा आफूले नोवेल पुरस्कार पाउनुपर्ने बताइसकेका थिए।

प्रतिक्रिया दिनुहोस्