बेलायती राजदूत तेहरानमा पक्राउ



तेहरान, (एजेन्सी)।

इरानका लागि बेलायती राजदूत तेहरानमा तीन घन्टाका लागि पक्राउ परेका छन्। युक्रेनी विमान दुर्घटनाका पीडितले गरेको श्रद्धाञ्जली सभा तथा प्रदर्शनमा सहभागी भएको जनाउँदैै राजदूत रब म्याकेयरलाई पक्राउ गरिएको इरानी सञ्चार माध्यमले जनाएको छ।

यता बेलायतले भने यस घटनालाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघनको संज्ञा दिँदै कडा आपत्ति जनाएको छ।विदेशमन्त्री डोमिनिक राबले एक विज्ञप्ति जारी गर्दै इरानले बिना कुनै पूर्वजानकारी र बिना कारण आफ्ना राजदूतलाई पक्राउ गरेकोमा विरोध जनाएका छन्।

‘इरानको राजधानी तेहरानमा बिना कारण हाम्रा राजदूतको पक्राउ गरिनु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन हो,’ विदेशमन्त्री राबले बतएका छन्।

अमेरिकी फौजको ड्रोन आक्रमणमा इरानी कमान्डर कुसाम सुलेमानी मारिएपछि इरानमा आक्रोश बढेको छ। यससँगै युक्रेनी विमान दुर्घटनामा इरानले ‘भुलबस खसेको’ प्रतिक्रिया दिएपछि सो दुर्घटनामा मारिनेका पीडित परिवारले कारबाहीको माग गरेका छन््।

सोही घटनाका मृतकका आफन्त तथा पीडितले तेहरानमा प्रदर्शन आइतबार गरेका छन््। सो प्रदर्शनमा बेलायती राजदूत पनि सहभागी भएको इरानी पक्षले जनाएको छ। साथै उनलाई प्रदर्शनलाई भड्काएको अभियोगमा पक्राउ गरिएको इरानी अधिकारीहरूले बताएका छन््।

प्रतिक्रिया दिनुहोस्