लेस्टर र भिल्ला बराबरीमा रोकिए



लन्डन, (एजेन्सी)।

इंग्ल्यान्डमा जारी कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा लेस्टर सिटी र एस्टन भिल्ला १–१ गोलको बराबरीमा रोकिएका छन्।
किङ पावर स्टेडियममा बुधबार राति भएको उक्त म्याचमा भिल्लाले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीको नतीजा आत्मसात गरेको हो।

भिल्लाका फेडरिक गुइबर्टले तथा घरेलु टोलीका केलिचीले बराबरी गोल फर्काए। खेलको २८औं मिनेटमा अनवर इल घाँजीको पासमा फेडरिकले गोल गर्दै भिल्लालाई पहिलो हाफसम्म १–० ले अघि पारेका थिए।

तर, खेलको ७४औं मिनेटमा केलिचीले जेमी भार्डीको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए। त्यसपछि थप गोल भएन र खेल १–१ गोलको बराबरीमा टुंगियो।

अब दोस्रो लेग भिल्लाको मैदानमा २९ जनवरीमा हुनेछ। लेस्टरलाई अघि बढ्न दोस्रो लेगमा कम्तीमा पनि १–० को जित आवश्यक छ भने भिल्लालाई भने बराबरीको नतिजा नै फाइनल पुग्न पर्याप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्