प्रहरी मारिए



हनोइ, (एजेन्सी)।

भियतनामको जनसुरक्षा मन्त्रालयले बिहीबार प्रदर्शनकारीले एउटा सैनिक विमानस्थलनजिक पर्खाल निर्माण गरिरहेका सेनामाथि आक्रमण गर्दा मृत्यु हुने चार जनामध्ये तीनजना प्रहरी भएको जनाएको छ।

मन्त्रालयले आफ्नो वेवसाइटमा राखेको एक विज्ञप्तिमा राजधानी हनोई नजिकको दोंग ताम गाउँमा प्रदर्शनकारीले सरकारी फौजमाथि ह्यान्ड ग्रिनेड, पेट्रोल बम र छुराबाट आक्रमण गरेका थिए।

यस घटनामा एकजना प्रदर्शनकारी पनि घाइते भएका छन्। आक्रमणको कारण र प्रहरी कसरी मारिन पुगे भन्ने बारे मन्त्रालयले विस्तृत विवरण बाहिर ल्याएको छैन।

प्रतिक्रिया दिनुहोस्