बस दुर्घटना



तेहरान, (एजेन्सी)।

उत्तरी इरानमा भएको यात्रुवाहक बस दुर्घटनामा कम्तिमा १९ जना मानिसको ज्यान जानुका साथै अन्य २४ जना घाइते भएको स्थानीय सञ्चार माध्यमले बिहीबार जनाएको छ।

इस्ना समाचार निकायले राजधानी तेहरानदेखि करिब १ सय ३० किमि पूर्वमा पर्ने माजान्दारान प्रान्तको भर्सेक क्षेत्रमा बस सडक किनारबाट खोँचमा खसेको बताइएको छ।

ब्रेकफेल भएका कारण दुर्घटना भएको बताइएको छ। मृत्यु हुनेमा एकजना गर्भवती महिला र छ वर्षमुनिका चार जना बालबालिका पनि रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्