हुथीको दावी गलत



न्युयोर्क , (एजेन्सी)।

साउदी अरेबियाको तेल प्रसोधन केन्द्रमा गत सेप्टेम्बरमा भएको आक्रमण यमनको हुथी समूहबाट नभएको राष्ट्रसंघको एक जाँच टोलीको गोप्य प्रतिवेदनमा रहेको रोयटर्सले जनाएको छ। उक्त आक्रमणको जिम्मेवारी यमनको उक्त विद्रोही समूह हुथीले लिएको थियो।

अब्काइक र खुरैसस्थित साउदी अरबको तेल केन्द्रमा सेप्टेम्बर ४ मा भएको उक्त आक्रमणका लागि अमेरिका, युरोपेली मुलुक तथा साउदी अरेबियाले इरानमाथि आरोप लगाएका थिए।

तेहरानले उक्त आरोप अस्वीकार गरेको थियो। स्वतन्त्र राष्ट्रसंघ विज्ञहरुद्वारा तयार पारेको उक्त प्रतिवेदनले दाबीका बाबजुद हुथी बलले उक्त तेल केन्द्रमा प्रहार नगरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्