शेयर बजारमा गिरावट



काठमाडौं (नेस)।

बुधबार शेयर बजार ऋणात्मक देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यस दिन ७ दशमलव ३२ अंकले घट्दै १२०९ दमलव ६० विन्दुमा पुगेर कारोबार रोकिएको छ।

कुल १ सय ७२ कम्पनीको २१ लाख ८५ हजार ३ सय ९७ कित्ता शेयर ७३ करोड ८ लाख ५२ हजार ३ सय ४५ रुपियाँमा कारोबार भएको छ। यस दिन सेन्सेटिभ सूचक पनि घटेको छ। सेन्सेटिभ सूचक १ दशमलव ५ शून्य अंकले घट्दै २६३ दशमलव ३१ विन्दुमा पुगेर रोकिएको छ।

यसदिन फाइनान्स, माइक्रोफाइनान्स, निर्माण तथा उत्पादन, मुचुअल फण्ड तथा अन्य समूहबाहेक बैंकिङ, व्यापारलगायत सबै समूहको कारोबार घटेको छ।

यसदिन वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी बनेको छ। यस कम्पनीले ७ करोड १५ लाख ८३ हजार रुपियाँभन्दा बढीको शेयर खरिदबिक्री गरेको छ।

बुधबार समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सबैभन्दा धेरै नाफा कमाएको छ। यस कम्पनीका लगानीकर्ताले १० प्रतिशत नाफा बढाएका छन्। यस्तै सबैभन्दा धेरै घाटा व्यहोर्ने कम्पनीमा लुम्बिनी विकास बैंक रहेको छ। यसले ७ प्रतिशतभन्दा बढीको घाटा व्यहोरेको छ।

प्रतिक्रिया दिनुहोस्