चीनमा अनिलालाई उपाधि



चीनको ग्वान्जोमा हालै सम्पन्न मिसेस युनिभर्स २०१९ मा नेपाली चेली अनिला श्रेष्ठ दुई उपाधि जित्न सफल भएकी छन्। उनले प्रतियोगितामा सेमिफाइनलिस्ट र मिसेज लोयलको उपाधि चुमेकी हुन्।

ग्वान्जो नान्सा जिम्नाजियममा सम्पन्न ४२औं संस्करणको प्रतियोगितामा ९० देशका विवाहिता महिला सुन्दरीहरूको सहभागिता रहेको थियो। उनलाई इप्लानेट प्रालिले मिसेस् नेपाल युनिभर्स २०१९ उपाधिका साथ प्रतियोगितामा सामेल गराएको थियो।

प्रतियोगितामा शीर्ष उपाधि भने म्यानमारले जितेको थियो।आफूलाई फेसन कोरियोग्राफरका रूपमा स्थापित गर्न सफल अनिला श्रेष्ठ सन् २००५ देखि प्याजेन्ट क्षेत्रमा छिन्।

ग्रीन आर्टस् मिडियाका कार्यक्रम निर्देशक र कोरियोग्राफरसमेत रहेकी अनिला हेरिटेज प्याजेन्टस् र मिस ईको इन्टरनेसनलका लागि नेपालका नेसनल डारेक्टरसमेत हुन्।

एक दशकभन्दा लामो समय प्याजेन्ट क्षेत्रमा बिताइसकेकी अनिलाले थुप्रै सौन्दर्य प्रतियोगिताहरूमा कोरियोग्राफरका रूपमा काम गरिसकेकी छिन्।

प्रतिक्रिया दिनुहोस्