तिमी फेरि जन्मनु पर्छ रूकेका बा



नारायण खनाल
पटपटि फुटेका पैताला
जहाँ, नदी र बगरहरू
प्रष्ट देखिन्थे
बगरहरू बाक्ला र काला
गलैंचाले शोभायमान थिए
नदीहरूमा इमानदारीता, सत्यता
स्वाभिमान र परिवर्तनका
राता बुंदहरू मन्द गतिमा
सागर भेट्न गइरहेका देखिन्थे
तेजिला आँखा र नम्र बोलीको
कडा मिजासी एउटा पहाड
निर्भीकताका साथ रातभर गाउँमा
जनता जगाउँदै, ओहोरदोहोर गर्थ्यो
ूसूर्य उदाए सँगै
उक्त चेतनाको सूर्य
सुटुक्क छिप्थ्यो वातावरणबाट
तर जनमनमा बलिरहन्थ्यो
म सानो बबुरो
हजुरआमाको हात समाइ सोध्थेँ
हजुरआमा उनी को हुन् ?
घरका भित्ताले पनि नसुन्ने गरि
हजुरआमाले भन्नुहुन्थ्यो
त्यही के, तँ सँगै पढ्ने
तेरो साथी रूकेका बा
जनताको मान्छे
जनताको पिर, मर्का बुझ्ने
हक, अधिकार र
कर्तव्य सिकाउने सिपाही
एक कलिलो मस्तिष्क
धेरै बुझ्दैनथेँ
तैपनि सोध्ने हिम्मत राख्थेँ मैले
हजुरआमाले
बडो सतर्कताका साथ भन्नुहुन्थ्यो
रूकेका बा सचेत, सहयोगी र
मनकारी मान्छे छन् भनेर
एक रात मेरो जिद्दीले हजुरआमा सँगै
गाउँको गोप्य छलफलमा गएँ म
जाँदा
समुहमा छलफल चल्दै थियोे
त्यही आदर्श अरू भन्दा धेरै बोल्थ्यो
सबै उसकै कुरामा सहमत देखिन्थे
जनताको सुख दुखका सहयात्री
उनी प्रतिको सम्मान
साँच्चै सम्झनयोग्य देखिन्थ्यो
जनतामा सत्यता ,इमान र राष्ट्रभक्तिका
चेतहरू लहराइरहेको आभास हुन्थ्यो
आँखामा चेतको राँको
दनदनी दन्केको देखिन्थ्यो
स्वतन्त्र बनेर उड्न व्यग्र जन मनको भाव
मुहारमा सहजै पढ्न सकिन्थ्यो
छलफलमा सामुहिकता, निर्णयमा एकता
साँच्चिकै प्यारो, सबल र आत्मिय देखिन्थ्यो
छलफलमा के के निर्णय गरे कुन्नि
म सानो बबुरो धेरै त बुझिन
तर
जितको आशा, इमानदारीताका
नशाहरूमा दौडिरहेका देखेँ
राष्ट्र प्रेम चम्किरहेका मनहरू र
सत्यता र कर्मठतामा समर्पित तनहरू भेटेँ
भोलिपल्ट, गाउँ नै जागे जस्तो
राता राता झण्डा बोकेर
जनता शहरमा गए
विजय चुम्नको निम्ति
तर विडम्बना, साँझपख
पहाड ढलेको खबर आयो
निस्तब्धता छायो गाउँभरि
शहरमा मजदुरि गर्न गएका
मेरा बाआमा पनि फर्कनु भए छ
नम्र बोलिको कडा मिजासी पहाड
सदाको निम्ति ढलेको खवरले
हजुरआमाले खाना नै खानु भएन
त्यही पीरले मेरो पेटले पनि अन्न भेटेन
सबैले आफ्नो गास काटेरै भए पनि
उहाँको सम्झनामा सालिक बनाउने सल्लाह
जनताको उहाँप्रतिको सम्मानको उदाहरण थियो
यता गाउँमा उहाँले छोडेको चेतनाको बिरूवा
जनमनमा हुर्केको थियोे
त्यसैले जनताको आन्दोलन रोकिएन
र अन्ततः व्यवस्था बदलियो
त्यही व्यवस्थामा उमेरले लाठे बनेपछि
रूके र म विदेशीयौँ
अहिलेसम्म पनि
परिवारको गर्ज टार्नको निम्ति
मरूभूमिमा पसिना सिञ्चिरहेका छौँ
ूसुन्छु, आजकाल गाउँमा
नेताका लार्भाहरू बग्रेल्ती उम्रेका छन्
जो कानुन भन्दा माथि हुने अजीव रहर गर्छन्
तर विडम्बना
कोही छैनन् रूकेका बा जस्ता नेता
सबै स्वार्थी र ढोँगी छन्
लार्भाहरू जति खाए पनि
पुतली बन्ने गुणका छैनन्
ती आरिसेहरू
राष्ट्र दोहन आतंक मच्चाइरहेछन्
बलात्कार अभियान चलाइरहेका छन्
जनताको खुसी फुल्न सकेको छैन
तर दुखका पालुवा पलाइरहेछन्
न्यूनतम मूल्य र मान्यता क्षयीकरण भएका छन्
तिम्रो सपना अधुरै छ रूकेका बा १
तिमी र तिमी जस्तै जनताका सन्तानको
रगतमा टेकेर भ्रष्टहरू ,हत्याराहरू
हुँकार गरिरहेका छन् देशमा
लार्भाहरू कै कारण देश हार्ला र
भविष्य गुम्ला भन्ने डर छ
छिमेकीले नेपाल आमाका
अङ्गहरू लुटिरहेकोछ तर
तिम्रा सन्तान सुतिरहेका छन
छिमेकीको हेपाइको मर्म
शब्दमा ब्यक्त गर्न
सकिन्न रूकेका बा १
नेपाल आमाको आँसु पुछ्न
लुटिएका अङ्गहरू फिर्ता गर्न
मक्किएको स्वाभिमान,ताजा गर्न
न्याय ,समानता र अपनत्व जागृत गर्न
अनुशासित र चेतनशील समाज स्थापित गर्न
भोको पेटमा अनाज भर्न
देशको समृद्धि कोर्न
तिमी फेरि जन्मनु पर्छ ,रूकेका बा १
तिमी फेरि जन्मनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्