यसरी दिइयो जुल्फीकर अली भुटोलाई फाँसी



इस्लामावाद,(एजेन्सी)।

१९७९ को अप्रिल ३ को साँझको समय थियो। चारजना अधिकारीको टोलि पाकिस्तानको इतिहासको एक अध्याय समाप्त पार्न रावलपिण्डी कारगार भित्र प्रवेश गर्यो।

अदालतको आदेश कार्यान्वयन गराउन त्यहाँ पुगेको टोलिमा जेल सुपरिटेन्डेन्ट यार मोहमद, मजिस्ट्रेट बसिर अहमद खान, जेलका डाक्टर साघिर हुस्सेन शाह र सुरक्षा बटालियन कमान्डर र सुरक्षाअधिकारी लेफ्टिनेन्ट कर्णेल राफिउद्धिन थिए।

कर्णेल राफिउद्धिनले आफ्नो पुस्तक ‘ भुटोका अन्तिम ३ सय २३ दिन ’ उल्लेख गरिए अनुसार एकजना साक्षी सहित जेल सुपरिटेन्डेन्ट साँझ साढे छ बजे भुटोलाई राखिएको जेलको कोठामा पुगेका थिए। उनले भुटोलाई भुँइमा पल्टिरहेको देखे।

भुटोको धयानाकर्षण गर्न उनले पहिले उनको नाम लिएर बोलाए। त्यसपछि उनलाई मृत्युदण्ड आदेश पढेर सुनाए।
‘ सन् १९७९ को १८ मार्चको लाहोर उच्चअदालतको आदेश बमोजिम तपाईं जुल्फिकर अली भुटोलाई नवाव मोहमद अहमद खानको हत्याको अभियोगमा फाँसी दिइने छ।

सन् १९७९ को ६ फ्रेबुअरीमा सर्वोच्च अदालतले तपाईंको अपिल अस्विकार गरेको छ।र , सन् १९७९ को २४ मार्चमा पुनरावलोकन याचिकापत्र अस्विकार भएको हो। पाकिस्तानका राष्ट्रपतिले यस विषयमा दखल नदिने निर्णय गरेका छन्। त्यसकारण तपाईंलाइ भुण्डयाइने निर्णय भएके छ। ’

कर्णेल राफिउद्धिन जेल सुपरिटेन्डेन्ट नजिकै उभिरहेका थिए। कर्णलले भनेका छन् , ‘ जेल सुपरिटेनडेन्टले मृत्युदण्ड आदेश पढेर सुनाइरहँदा भुटोको अनुहारमा पिडाको कुनै संकेत देखिएको थिएन। बरु उनी अत्यन्तै स्थिर र शान्त देखिन्थे। उनको मुहारमा मुस्कान थियो।

सुपरिटेनडेन्टको कुरा सुनेपछि भुटोले रिसाउँदै आफुलाई मृत्युदण्डको सुचना २४ घन्टा अगाडि नै दिइनु पर्ने तर त्यसो नगरिएको बताए। साथै उनले बिहान साढे एघार बजे आफुलाई भेट्न आएका पत्नी र छोरी मृतयुदण्ड दिने तिथि वा समय थाहा नभएको बताएको सुनाए।
भुटोलाई फाँसीका लागि आवश्यक आदेश पत्र जेलरसंग रहेको जानकारी दिइयो।

बिना कुनै हिच्किचाहट जेल सुपरिटेनडेनटले केहि घन्टामा नै उनलाई फाँसी दिइन लागेकाले कुनै अन्तिम इच्छा लेख्ने हो की भनेर भुटोलाई सोधे। भुटोले हुन्छ भन्ने संकेतमा टाउको हल्लाएर केहि कागज मागे।

साथै भुटोले आफुलाई कालो वारेन्ट देखाउन आग्रह पनि गरे। तर जेलरले कानुन अनुसार देखाउन नमिल्ने जवाफ दिए। बेलुकी ८ बजे भुटोले एक कप कफी पिए।

उनलाई आफ्नो जेल एटेनडेन्ट अब्दर रहमान लाई पनि बोलाए। उनले रहमानलाई केहि भुलचुक भक्एो भए आफुलाई क्षमा दिन भने। त्यसपछि करिव १० बजे उनले रहमानलाई दाह«ी काट्न केहि तातो पानी ल्याउन अनुरोध गरे। कर्णल राफीउद्धिन तर्फ फर्कँदै भुटोले भने, ‘ राफी , यो सबै के नाटक भइरहेको हो ? ’ उनले प्रश्नको जवाफ पाएनन्।

त्यसपछि भुटोले दाँत माझे। केहि छिन आफ्नो पलंगमा बसेर उनले केहि चिज लेखे। उनले आफ्नो वार्डनलाई फाँसी दिन दिन ेसमय कति बााकी छ भनी सोधे। उनलाई समय बताइयो। उनले आफुले लेख्न लागेका सम्पूर्ण कागजका टुक्राहरु जलाए।

११ बजेर २५ मिनेट जाँदा उनले आफ्नो एटेन्डेन्टलाई अघिल्लो राति राम्ररी निँदाउन नपाएकाले आफु केहिवेर सुत्न लागेको र मध्यरातमा आफुलाई उठाउन भने।

तर केहि समय पछि नै सहायक जेल सुपरिटेनडेन्ट र अन्य कर्मचारीहरु त्यहाँ आइपुगे। तिनीहरुले कोठा बाहिरैबाट भुटोलाई बिउँझाउन चाहेका थिए। तर भुटोबाट केहि पनि प्रतिक्रिया नआएपछि तिनीहरुलाई कोठा भित्रै गएर उनलाई बिउँझाउन भनियो। आदेश पालना गर्दै तिनीहरु भित्र पुगे। भुटो त पहिल्यै आँखा खोलेरै बसेका थिए।

फेरी उनले डाक्टरले बोलाउँदा पनि कुनै प्रतिक्रिया जनाएनन्। कर्णेल राफीउद्धिनको करमा तेश्रो पटक भुटोको स्वास्थ परिषण गरियो। डाक्टरले उनी ठिकठाकै रहेको बताए। बिहान करिव १ बजेर ३५ मिनेट जाादा सरकारी अधिकारीहरुको टोलि जेलकोमा आइपग्यो।

भुटो गुन्दि«मा बसेर अराम गरिरहेका थिए। मजिस्ट्रेट बसिरले उनलाई वसियतनामा लेख्यौ भनेर सोधे। भुटोले सानो श्वरमा भने , ‘ मैले प्रयास गरेथेँ। तर मानसिक रूपमा म यति विचलित थिएँ कि मैले केहि लेख्नै सकिंन। त्यसैले मैले कागज जलाइदिएँ।

त्यसपछि उनलाई फाँसीको फन्दा सम्म हिँडेर जानेकी बाकेर लगौं भनी सोधियो। भुटो मौन रहे। केहि सेकेनडपछि जेल सुपरिटेन्डेनटले आफना मान्छेहर बोलाए।

तिनीहरुले भुटोका खुटा समातेर उनलाई स्ट्रेचरमा राखे। भुटो हलचल नगरी स्टे«चरमा बसिरहे। उनका हातमा हथकडी लगाइएको थियो। फासी दिइने ठाउँमा पुगेपछि भुटोलाई दुईजना वार्डनले फाँसीको तख्तासम्म पुर्याए। उनका हथकडी पुन मिलाइए।

उनका हात कम्मर पछाडि लगेर पुन हथकडी लगाइए। त्यहाँ उपस्थित सबै चुपचाप उभिरहेका थिए। फाँसी दिने जल्लाद तारा मासिह आफ्नो कर्तव्य निभाउन पहिल्यै त्यहाँ आइसकेका थिए। उनले भुटोको अनुहारमा मुखुन्डो लगाइदिए।

घडीमा बिहानको २ बजेर चार मिनेट जाँदा जल्लादले भुटोको कानमा मसिनो श्वरले केहि भने र ह्यान्डल दवाइदिए। भुटोको शरिर करिव पााच फिट तल झर्यो त्यस शरिरलाई आधा घन्टा सम्म सोहि हालतमा राखियो।

त्यसपछि एकजना डाक्टरले शरिर जााचेर भुटोलाई मृत घोषित गरिदिए। तारा मासिहले उनको शवलाई भुँइमा झारेर शवको हात र खुटामा मालिश गर्नथाले। झण्ड्याइँदा हातगोडा काँगिएरको हुनसक्ने भएकाले जल्लादले मालिस गरेको बताइयो।

आधा घन्टापछि डाक्टरले जेल सुपरिटेन्डेन्टलाई मृत्यु प्रमाण पत्र दिए। उनको शवलाई जेल अधिकारीहरु समक्ष हस्तान्तरण गरियो।
तिनीहरुले शवलाई नुहाइदिए। शवलाई कोफिनमा राखेर चाकलाला वायु सैनिक अखडा पुर्याइयो।

त्यहाँ शवलाई जाकोवावाद लानका लागि सि–१३० विमान तयार रहेको थियो। विमान उड्यो। तर विमानमा केहि गडबडी देखिएकाले आधा घन्टापछि पुन त्यहिँ फक्र्यो।पुन अर्को विमानमा राखेर शव लगियो। सो विमान सरकारी अधिकारीहर पनि चढेका थिए।

पर जुल्फीरकर अली भुटोकी छोरी बेनजिर भुटो रातको अँध्यारोमा असहया पिडा र शोकमा डुबिरहेकी थिइन्। कसैले सन् १९६८ को फ्रेन्च शोक गीत धुन ‘ कसरी तिमीलाई बिदा दिउँ ? ’ गुनगुनाए। भुटोले आयुव खान विरुद्ध आफ्नो राजनीतिक संघर्ष शुरू गरेको वर्षनै रचना गरिएको गीत आज उनकै विदाईमा कसैले गाउँदै थिए।

प्रतिक्रिया दिनुहोस्