कामना अवार्डको रोमाञ्चकता



राजेश हमालको प्रस्तुतिबाट शुरू भएको कामना फिल्म अवार्ड वितरण समारोहलाई नरेश भट्टराई र मन्दिरा ढुंगेलले अगाडि बढाएका थिए।

कार्यक्रमलाई तारा थापा, प्रविशा अधिकारी, समीक्षा अधिकारी, आनन्द कार्की, देविका वन्दना, शम्भुजित बास्कोटा, प्रह्लाद तिमिल्सिना, टीका भण्डारी, गौरी मल्ल, वसन्त सापकोटा र मदनकृष्ण श्रेष्ठले मेड्ले गीत गाएर रोचक तुल्याएका थिए भने नायक भुवन केसीले छुट्टै गीत गाएर रोमाञ्चक तुल्याएका थिए।

त्यसै गरी अभिनेत्री मिथिला शर्माले एकल नृत्य गरेर वाहवाही पाइन् भने बिनु शाक्य, यशराज गरच, प्रमोद अग्रहरी, छुल्ठिम गुरुङ, पल शाह र पूजा शर्माले अर्को मेड्ले डान्स गरेर दर्शकलाई रोमाञ्चित तुल्याए।

त्यस्तै मेड्ले डान्समा गौरी मल्ल र नरेशवीर सिंहका साथमा कोरियोग्राफर कविराज गहतराजले तालीमाथि ताली पाए। त्यसै गरी राजा राजेन्द्र पोखरेलले अभिनेता राजेश हमाल र आनन्द कार्कीको सहयोग लिएर दर्शक हँसाए।

 

तस्वीरहरू : उजोल डंगोल/अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्