भ्रमण वर्षको सन्दर्भमा राजदूतावासभित्र छुट्टै डेक्स



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल भ्रमण वर्षको सन्दर्भमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतले त्यहाँस्थित नेपाली राजदूतावासमा छुट्टै डेक्स राखेको छ। नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्ने उद्देश्यका साथ डेक्स राखेको हो।

भ्रमण वर्षभरी राजदूतावासको एउटा डेक्समा एनआरएन कुवेतका पदाधिकारीले स्वयम् सेवकका रुपमा समय दिएर भ्रमण वर्षको प्रचारप्रसार गर्ने भएका हुन्।

भ्रमण बर्ष सफल बनाउन नेपाली राजदुतावास कुवेतका राजदुत दुर्गा प्रसाद भण्डारी र एनआरएन कुवेतका अध्यक्ष सुजन केसी बीच सम्झौता भएको नेपाल समाचार पत्रलाई केसीले बताउनुभयो।

भ्रमण बर्षलाई बिशेष जोड दिइने भएपनि कुवेतमा रहेका नेपालीको समस्य समाधानमा पहल गर्ने उहाँले बताउनुभयो।सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन विहान ९ बजे बाट अपरान्ह १ बजे सम्म एनआरएन पदाधिकारीहरूले स्वयम सेवकका रुपमा आफ्नो समय दिनेछन।

स्वदेशी तथा विदेशी सेवाग्राहीहरूलाई भ्रमणवर्षको जानकारी दिनका साथै नेपाल बारे बुझ्न चाहनेहरूलाई त्यहाँ एनआरएनले काउन्सिलिङ गर्ने भएको छ। रिबन काटेर उदघाटन गरिएको कार्यक्रममा राजदुत भण्डारीले एनसीसी अध्यक्षलाई भ्रमण वर्षको लोगो हस्तान्तरण गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्