सातौं राष्ट्रीय पोशाक दिवस सम्पन्न



न्युज अफ नेपाल, काठमाडौँ ।

‘मेरो शान, मेरो स्वाभिमान,राष्ट्रीय पोशाक संरक्षण महाअभियान्‘ भन्ने मुला नारा लिएर सातौं राष्ट्रीय पोशाक दिवस सम्पन्न भएको छ ।काठमाण्डौंको माइतिघर मण्डलामा राष्ट्रीय पोशाक दौरा सुरुवाल टोपी कोट्,गुन्युचोलिमा सजिएर अभियानका अभियानताहरुले सरकार संग औपचारीक पोशाक को माग गरेका छन । राष्ट्रीय पोशाक का संस्थापक राजानन्द माण्डब्य को संयोजनमा सम्पन्न उक्त कार्यक्रम पन्चेबाजा र र्‍याली सहित सम्पन्न भएको थियो ।

माइतिघर मण्डलामा नेपालको नक्सा बनाई उक्त नक्सामा पोशाकमा सजिएका अभियानताहरुले आफ्नो ढाडँमा सिमानाको नम्बर लेखेर लिपुलेक र कालापानी सम्म नेपाली भुमी हो भन्ने सन्देश दिएको प्रस्ट देखिन्थ्यो । अभियानका संस्थापक माण्डब्यका अनुसार नेपाल बहु जाती र भाषाले सम्पन्न देश हो त्यती हुँदा पनि हामिले अन्तर राष्ट्रमा नेपाली भनेर चिनिने औपचारिक साझा पोशाक देशमा आवश्यक रहेको तर सरकारले एस्लाई अनुमोदन गर्न नसकेको र सिघ्र नेपाल सरकारले एउटा सर्व मान्य पोशाक मान्यतामा राख्नुपर्ने बताउनुभयो ।

पर्यटन बर्ष २०२० सुरु भै रहदा संसार भरिका पर्यटक नेपालको पोशाक,संस्कृति,रितिरिवाज र एहाँको सभ्यताको लागि नेपाल घुम्न आउने हुदाँ हामिले आफ्नो मौलिक संस्कार सहितको सम्मान बिदेशि पर्यटकलाई गर्दै आफ्नो मौलिकता, पृथकता बिश्व सामु पुराउनु पर्ने अभियन्ताहरुको चासो र अभियानको मुल उदेश्य थियो। नेपालको नक्सा बनाई लिम्पियाधुरा सम्म नेपालि उभिएर सिमाको रक्षा गर्नुपर्ने भन्दै राष्ट्रीय धरोहर संरक्षण प्रतिष्ठान नेपाल को माग थियो ।

 

कार्यक्रम् माइतिघर मण्डला देखि र्‍यालि सुरु भएर बबरमल हुँदै पुनस् माइतिघर मण्डला सम्म पुगेर कोणसभा गरेर अन्त्य भएको थियो । कार्यक्रम सफल र् भब्य पार्नको लागि अभियानमा १० भन्दा बढि सामाजिक् संस्था पहिलो पाइला नेपाल, बिर गोर्खालि अभियान, मिसन नेपाल, राष्ट्रप्रेमि युवा अभियान नेपाल,कोड नेपाल,सफा अनि स्वच्छ काठमाण्डौँ, बागमति, बिश्नुमति नदि सरसफाई अभियन्ता हरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम अभियानको प्रदेश समिति मा सुर्खेत कर्णालि प्रदेश समिति कमल लामिछाने,प्रदेश ५ समिति समीर वलि,पर्वत जिल्ला संयोजक दिपेन्द्र सुबेदि,तथा बुटवल,चितवन र पोखरामा समेट भब्य र सभ्य रुपमा सातौ राष्ट्रीय पोशाक सम्पन्न भएको छ । एस महाअभियानले पुष १ गतेलाई राष्ट्रीय झण्डा दिवसको लागि समेत जनचेतना र्‍यालि गर्दै आईरहेको अभियानका आर्थिक संयोजक श्याम बजगाँईले जानकारि दिनु भयो ।

राष्ट्रीय पोशाक संरक्षण महाअभियान नेपालले बिसं २०७० साल पुष१७ गते देखी निरन्तर रुपमा पोशाक दिवस मनाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्