छङगम देविको महिमा र महत्व…



सरस्वती न्यौपाने, रसुवा ।

गोसाइकुण्ड गाउँपालिका वडा नम्बर–६ बोकेझुण्डास्थित छङगम डाँडामा अवस्थित छङगम देविको महिमा र महत्व बेग्लै रहेको छ ।
बोकेझुण्डा निवासी लवाङ ग्याल्बो घलेकाअनुसार परापुर्वकाल देखिकै आफै उत्पति भएको ढुङगाको ओडार जस्तो कोप्चेरोमा रहेको छङगमदेवी अरु देवि देवता बेग्लै महिमा छ । उहाँ बताउनु हुन्छ– ‘देवीको दर्शन गर्न जाँदामहिलामात्रजाननहुने र अविर द्धारा पुजागर्न नहुने धुपबती समेत गर्न हुदैन जङगलमापाइने धुपीबाल्न र चढाउनचाहीहुन्छ त्यस ठाउँ वरपर का रुख समेत काट्न हुदैन धार्मिक मान्यता रहिआएको छ ।‘

यसै धार्मिक मान्यताअनुसार त्यहाँ लापरवाही गरेर अरु देवीदेवताजस्तो हेलचक्राइ गरेमा त्यस भेगमा बादल लाग्ने अध्यारो हुने गर्दछ । त्यहाँ सिक्का पैसा चढाउन मात्र हुनेर गाईको दुधमात्र चढाउनु पर्ने हुन्छ । पहिले यस ठाउँमा गुफा बस्ने गर्दथे र जङगलको विचमा भएकोले बाघ कराउने भएकाले गुफा बस्न भने छोडेको ढुङगाको बिचमा भएकाले पानी परेर पनि त्यस भित्रपानी नपर्ने पानीको भल बगेपनि त्यस भित्र एक थोपा पानी पनि नजाने हावा हुरी आएपनि त्यस ठाउँमा केहि नहुने विश्वास रहेको जिल्ला समन्वय समिति रसुवाको सदस्य विश्वकुमार घलेले बताउनु भयो ।

छङगम भनेको लामाझाक्रीहरु त्पस्या गरेर बस्ने ठाउँहो ।त्यस ठाउँमा नै उत्पति भएको देविभएको ले पनि त्यस ठाउँको नाम छङगम भनेको हो भने डाँडाको विचमा भएकाले छङगम डाँडा भनिएको त्यहाँका स्थानिय समाजसेवि लवाङ ग्याल्बो घलेले बताउनुभयो ।

पर्यटन वर्षको लागी यो पनि एक महत्वपुर्ण ठाउँ हो । यसको पनि उचित प्रचार—प्रसार भए त गोसाइकुण्ड जतिकै धार्मिक पर्यटकिय स्थलको रुपमा परिचित हुन्छ । यस ठाउँमा शुद्ध भएर साझको अस्ताउँदो घाममा पनि त्यहाँ जान नहुने बर्षको दुई पटक त्यहाँ गाइको दुध चढाउने गर्दछन् । त्यस क्षेत्रमा रहेको छङगम देवि एउटा पवित्र र अरु ठाउँजस्तो वेग्लै महिमा बोकेको देविको रुपमा मानिआएको समाजसेवी लवाङग्याल्बो घले बताउनु हुन्छ ।

पासाङ ल्हामु राजमार्गको बोकेझुण्डास्थिति सडकबाट ३० मिटर उकालो गएपछि ढुङगाको गुफाआकारको भाग रहेको छ । वरपर हरियाली रुख विरुवा रहेकाछन् ।त्यस भित्रछङगम देवी विराजमान रहनु भएको छ । पहिले लामा—झाँक्री गुफा बस्ने गरेको ठाउँ अझै पनि जिवितै छ ।

यस्तो महिमा बोकेको ठाउँ धार्मिक पर्यटकिय नगरिको रुपमा परिचित गराउन जरुरी छ । साच्चै नै रसुवा धार्मिक हिसाबले पनि अगाडि छ । त्यस्ता पर्यटकलाई लोभ्याउने धार्मिक आस्था बोकेको ठाउँहरु प्हिचान गरि प्रचार–प्रसार गर्नु पर्ने रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्