पाल्पामा किवीको व्यवसायीक खेति सुरु, आयआर्जनसगैँ रोजगार पनि गाउँमै



न्युज अफ नेपाल, पाल्पा ।

पाल्पामा किवीको व्यवसायीक खेति सुरु गरीएकोे छ । स्वास्थ्यका दृष्टिले निकै पोषिलो र औषधीय गुण समेत भएको फलका रुपमा चिनिने र विश्वभर माग भइरहने यस फलको व्यवसायिक खेति जिल्लाको पूर्वखोला गाउँपालिका २ जल्पामा सुरु गरिएको हो ।

जल्पाको ढोलिमारा साठिकोल र मैदानलाइ किविको पकेट क्षेत्र नै बनाएर गाउँपालिकाले खेतीको लागि प्रोत्साहन गरेको छ । किवी खेतिका लागि यहाँका किसानलाई आवस्यक तालिम सहित किबी खेतीको सुरुवात गरिएइको गाउँपालिकका प्रमुख नुनबहादुर थापाले बताउनुभयो । उहाँले कम मेहनतमा किबीबाट प्रशस्त आम्दानी गर्न सकिने भएकाले किसानलाई सहयोग गरिएको बताउनुभयो ।

यस वर्ष पालिकाले १ सय केजी किबि निशुल्क बितरण गरेको उहाँले जानकारी गराउनु भयो ।

कार्यक्रमको सहजिकरण प्रदेश ५ का कृषि बिज्ञ कमान सिंह थापा र सुन्तला र कागती जातका पाल्पाका नर्सरी प्रमुख बोम बहादुर थापाले गर्नुभएको छ ।
गाउँमा आयआर्जनसँगै रोजगारीको अवसर समेत हुने भएकोले गाउँमा व्यवसायिक किवी खेती गरिएको वडा अध्यक्ष निर बहादुर सारुले बताउनुभयो ।

किबी निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग विश्वभर बढेको छ । किवी नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने अधिक्तम रुपमा खनिज त्तो पाइन्छ लगायतका फाईदाहरु छन् ।

किशानले लगायको किविबाट उत्पादन बिरुवा लगाएको २–३ बर्ष देखि उत्पादन सुरु गर्ने किविको बिरुवाले करिब ४० देखि ६० बर्ष सम्म नै निरन्तर उत्पादन दिने गर्दछ । सातौँ बर्ष देखि किविले राम्रो गुणस्तर सँगै उत्पादन पनि एउटै बिरुवाले ५० देखि १०० किलो सम्म फल फल्छ ।

नेपालमा किवि प्रति किलोग्राम ४०० देखि ८०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ भने यो फल प्रशस्त उत्पादन गरी विदेश निर्यात गर्न सकेमा लाखौँ विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । यो फल नेपालको भुगोल अनुसार १२सय देखि २४सय मिटरको उचाइमा लगाउन सकिन्छ ।

किबीको खेती जल्पामा सफल रुपमा हुने गाउँपालिकाका प्राबिधिक सन्तोष कँडेलले जानकारी गराउनु भयो । किवीको नियमित प्रयोगबाट पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने अधिक्तम रुपमा खनिज तत्व पाइने लगायतका फाईदाहरु हुने वताइन्छ ।

प्रतिक्रिया दिनुहोस्