पृथ्वीवासी सबैलाई अर्बपति बनाउन पुग्ने छुद्रग्रह



लसएन्जलस (एजेन्सी) ।

खगोलशास्त्रीहरुले बृहस्पति र मंगलग्रह बीचमा रहेको चट्टानयुक्त बेल्टमा साइकी नामक एक विशाल धातुयुक्त छुद्रग्रहको अध्ययन गरिरहेका छन् । यो छुद्रग्रहमा पृथ्वीमा रहेका सबैलाई अर्बपति बनाउन पर्याप्त हुने सुन रहेको उनीहरुको ठहर छ ।साइकी, सन् १८५२ मार्च १७ मा इटालीको नेपल्सका खगोलशास्त्री एनिबेल डि गेस्परिसले पत्तालगाएका थिए ।

ग्रिक पौराणिक आकृतिको नाम दिइएको साइकी छुद्रग्रहको बाक्लो उपस्थिति रहेको उक्त बेल्टका दश सबैभन्दा ठुला वलय मध्यको एक हो । २ सय किलोमिटर भन्दा अधिक ब्यास भएको यो छुद्रग्रहको पिण्ड बेल्टको कुल पिण्डको १ प्रतिशत भन्दा केही कम छ ।यो ग्रहको चर्चामा सबैभन्दा महत्वपुर्ण पक्ष भनेको साइकीलाई एक पुरातन ग्रहबाट बाहिरिएको आइरन कोर मानिएको छ ।

यो एम–टाइपको सबैभन्दा विशाल छुद्रग्रह हो । यदि तपाई पृथ्वीको तरल मेटल कोरका बारेमा केही थाहा छ भने साइकीले के गर्न सक्छ भन्ने कल्पना गर्दा तपाई आश्चर्यचकित हुने छैन । किनभने खगोलविदहरुले यसको घनत्वको अनुमान अन्य धातु छुद्रग्रहको अनुरुप मापन गरेका छन् ।राडार तथा अन्य परिस्कृत अध्ययनले साइकीको एक सतह ९० प्रतिशत धातुले बनेको छ र यो धातु धेरैजसो फलाम र निकलका मिश्रण रहेको वैज्ञानिकहरु अनुमान छ । यसले के कुरालाई इंगित गर्छ भने बाक्लो धातुको प्रचुरतामा सुन र प्लेटिनम ठुलो परिणाममा मिसिएको हुन्छ ।

एक अनुमानमा पश्चिम बर्जिनियाको आकारको साइकीमा अहिलेको १ हजार ५ सय डलर मुल्यका आधारमा ५ हजारा क्वाड्रिलियन अर्थात ५ लाख खर्ब डलर बराबरको सुन छ ।के मानवले साइकीमा भएको सुन पृथ्वीमा ल्याउन सक्छ त? साँच्ची कै यो सम्भव भयो भने विश्वमा सुनको मुल्य के हुन्छ, अनुमान गर्न सकिन्छ । तर सुनमा लगानी गर्नेहरु अहिलै चिन्तित हुनु पर्ने कारण छैन, किनभने यो अझै धेरै परको कुरा हो । यसका लािग लामो मार्ग तय गुर्न पर्नेछ ।

पृथ्वीमा खगोलविधहरुले सदृस्य र इन्फ्रारेड तरंगमा १६ साइकीको अध्ययन गरेको छ । राडारको अध्ययनले साइकीको आकार केही हदसम्म आलुसँग मिल्छ । यसको त्रिआयामिक आकृतीको नाप १ सय ४४ माइल गुणा १ सय ७३ माइल गुणा १ सय १७ माइल छ ।साइकीलाई सुर्यको एक चक्कर पुरा गर्न करिब पाँच पृथ्वी बर्ष लाग्छ । तर आफैमा एक चक्कर घुम्न साइकी दिन पुरा गर्न मात्र ४ घण्टा लाग्छ ।

वैज्ञानिकहरु अर्बौ बर्ष अगाडी कुनै शक्तिशाली टक्करका कारण साइकीले आफनो बाहिरी आवरण गुमाएको हुन सक्नेमा खोजी गररहेका छन् । साइकी त्यही ग्रहको भित्री कोर हुन सक्ने उनीहरुको अनुमान छ । त्यसैले धातुको यो धतीको जाँच गर्न पहिलो मिसन सुरु गर्नमा उनीहरु अत्यन्तै उत्सुक देखिएका छन् ।

हामी सिधै पृथ्वीको भित्रीभाग कोरलाई देख्न र मापन गर्न सक्दैनौं । त्यसैले यो मिसनले वलयहरुबीचको ठोक्काई र त्योसँगै भएका विकास क्रमको इतिहासको झलक देखाउने अपेक्षा गरिएको छ । यसले चट्टानयुक्त ग्रहको निर्माण कसरी पुरा भयो भन्ने सृंखलालाई जोड्न सक्छ ।

यो जटिल छुद्रग्रह अब साइकी अभियानको प्राथमिक लक्ष्य बनेको छ । सन् २०२२ को अगस्टमा एक अन्तरिक्ष यान यो अभियानमा प्रक्षेपण हुनेछ । साइकी अन्तरिक्ष यान सन् २०२३ को सुरुतिर मंंगल ग्रहको गुरुत्वाकर्षण सहायतामा एक छुद्रग्रहमा पुग्नेछ । यानमा रहेको विभिन्न वैज्ञानिक उपकरणको मद्दतबाट साइकीका विशेषता र नक्साको अध्ययन गरिनेछ । यसबाट साइकी कुनै ग्रहको भित्रि भाग कोर मात्रै हो वा होइन भन्ने निर्धारण गर्ने प्रयास हुनेछ ।

प्रतिक्रिया दिनुहोस्