एपीएफलाई उपाधि



नेपाल समाचारपत्र, काठमाडौं।

प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि शसस्त्रको नेपाल एपीएफ क्लबले जितेको छ।

बुधबार जंगी अड्डाको खेल मैदानमा भएको फाइनल खेलमा एपीएफले आयोजक नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २–० ले हराएको थियो। विजेता टोलीले ३ लाख नगद पुरस्कार प्राप्त गरेको छ।

त्यस्तै उपविजेता टोलीले १ लाख ५० हजार नगद पुरस्कार हात पार्यो।प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदैं आर्मीकी दिपा राईले यामाहा कम्पनीको सहयोगस्वरुप उपलब्ध स्कुटर प्राप्त गरिन्।

यस्तै सेमिफाइनलमा हारेका दुई टोली नेपाल प्रहरी क्लब र भुटानको टिमलाई ५०/५० हजार रुपियाँ दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्