भ्रमण वर्ष सफल बनाउने काइदा



नेपाल भ्रमण वर्ष नजिकिएसँगै सरकार मात्रै होइन पुरै निजी क्षेत्र उत्साहित बन्या छ। पर्यटन क्षेत्रको पूर्वाधार विस्तार गर्न ठूलो लगानी जुट्या जुट्यै छ, खर्च भा’भै छ।

त्यही भएर पर्यटक लक्षित होटल रेष्टुरेन्ट पनि धमाधम बन्या बन्यै छन्। पर्यटकको चहल पहल निकै बाक्लिएको छ। तर अब होटल पर्यटकका लागि होटल, रेष्टुरेन्ट मात्रै बनाएर भएन, जेल र पुलिस खोरको क्षमता पनि बनाउनुपर्ने भा’छ।

सोमबार एकै दिन एक सय विदेशी पक्राउ परेसी यो कुरो पुष्टी भा’छ। नेपालका जेल र बन्दीगृह कैदीको क्षमता भन्दा बढी भएर भरिभराऊ भइराख्या बेला विदेशीलाई अब कहाँ कोच्ने ? पक्राउ पर्या विदेशीलाई ज्वार्इँ सम्मानका साथ तारे होटलमा राख्ने ?

नेपाल भित्रिने सबै पर्यटक असली पर्यटकको भेषमा मात्रै भित्रिदैनन् भन्ने कुरा सोमबारको घटनाले घामझैं प्रष्ट पार्या छ। भोली, पर्सी एकै दिन पाँच सय भन्दा बढी विदेशी पक्राउ परे भने सिंहदरवार, बालुवाटर र मन्त्री क्वाटरमा लगेर कोच्ने ?

त्यसैले सरकार, भ्रमण वर्ष सफल बनाउने हो भने चाँडै विदेशीस्तरका ‘स्टार जेल’ र प्रहरी खोर पनि बनाउनु पर्यो।

प्रतिक्रिया दिनुहोस्