जे आउँछ, मजाले पचाउँछ



कम्युनिस्टले सरकार चलाएसी दुःखी र गरिबले भोकै बस्नुपर्दैन, नाङ्गै हुनुपर्दैन, अवसर सम्पन्न र धनाढ्यले मात्रै होइन विपन्नले पनि पाउँछन् भन्ने कुरो नेपालीका लागि नौलो होइन। त्यही नारा साकार गर्ने मौका छोप्न इतिहासकै शक्तिशाली कम्युनिस्ट सरकार मुलुकले पाएको छ।

दुई तिहाईको शक्तिशाली कम्युनिस्ट सरकारले आफ्नो हैसियतभन्दा बढीको सम्पत्ति र जग्गाजमिन राष्ट्रियकरण गर्छ भन्ने डरले धेरै धनाढ्यको मुटुको ढ्याङग्रो बज्याथ्यो। त्यही डरले केहीले रातारात आफ्नो सम्पत्ति लुकाउने कसरत पनि गरे तर सरकार भयो ठ्याक्कै उल्टो। सरकारले व्यक्तिको होइन, सरकारको सम्पत्ति धमाधम निजी क्षेत्रलाई बाढ्या बाढ्यै छ।

पार्टीको नीति र सिद्धान्त मात्रै होइन सरकारले हुँदा खानेलाई पनि चटक्कै माया मार्या छ। हुने खाने दुःख गर्न सक्दैनन्, दिनरात घोटिन सक्दैनन् तर हुँदा खाने घोटिन सक्छन्, घोटिरहेका छन् भन्ने सरकारको बुझाइ पनि हुन सक्छ।

त्यही भएर हो क्यार, सरकारले ठूला उद्योगपति र धनपतिलाई सरकारी सम्पत्ति बाढ्या बाढ्यै छ। उबेला सर्वहाराको मुक्तिको पक्षमा दुःख गर्या पार्टीका नेता कम्रेड चाहिँ सरकारी सहयोगबाट वञ्चित हुने अवस्था पनि आइसक्या हो कि ?

चुनाव तत्काल हुने भए भो विपन्न र गरिबदुःखीलाई सम्झनु, होइन त पीएम ओलीज्यू ? ‘समृद्ध नेपाल खुशी नेपाली’ को नारा चाहिँ साकार गर्नुपर्छ है सरकार, आफ्नै नारा बिर्सनु त भएन नि !

प्रतिक्रिया दिनुहोस्