टीसीएलको एन्ड्रोइड स्मार्ट टिभी बजारमा



विश्वको दोस्रो ठूलो टिभी ब्रान्ड टीसीएलेल ६५ इन्चका दुई नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले पी ८ एम र पी ८ एस गरी दुई मोडल सार्वजनिक गरेको हो।

यी दुवै मोडल ४ के युएचडीअन्तर्गत रहेका छन्। एन्ड्रोइड (पी ९.०), भोइस सर्च, गुगल एसिस्टेन्ट, गुगल प्ले स्टोर, नेटफ्ल्कि, युट्युव तथा टी–जोन जस्ता विशेषता यस टिभीमा पाइने कम्पनीले जनाएको छ।

डीटीएस, प्रिमिअम साउन्ड, डोल्बी अडियो, ब्लुटूथ अडियोजस्ता फिचर्स यस टिभीमा दिइएको छ। यसको आधिकारी बिक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रालि रहेको छ।

प्रतिक्रिया दिनुहोस्