उत्पादनमूलक उद्योगको संख्यामा वृद्धि



काठमाडौं, (नेस)।

नेपालमा हाल उत्पादनमूलक उद्योगहरु खुल्नेक्रम बढेको पाइएको छ। उद्योग विभागका अनुसार प्रारम्भदेखि हालसम्म विभागमा दर्ता भएका उद्योगहरूको संख्या ७ हजार ९ सय ६६ रहेका छन्। यसमध्ये उत्पादनमूलक ३ हजार १९ रहेका छन्। यो संख्या दर्ता भएका उद्योगहरू मध्ये महत्वपूर्ण हिस्सा ओगटेको छ।

त्यसैगरी कृषि तथा वनजन्यसँग सम्बन्धित ४ सय ६९, निर्माण ५८, ऊर्जा ३ सय ७४, सूचना, प्रसारण तथा सञ्चार प्रविधि ५९, उत्पादनमूलक ३ हजार १९, खनिज ६९, सेवा २ हजार १ सय ८६, पर्यटन १ हजार ७ सय ३२ रहेका छन्।

उल्लेखित उद्योगमा ५ लाख ९८ हजार ३ सय ९५ जनाले रोजगारी प्राप्त गरेका छन्। विभागमा दर्ता भएका उद्योगहरूको कूल पुँजी १९ खर्व ६२ अर्व ८५ करोड २४ लाख ८० हजार रहेको पाइएको छ।

उक्त उद्योग मध्ये आ.ब. २०७३/०७४ मा ५ सय ८, आ.ब. २०७४/०७५ मा ४ सय ९३ र आ.ब. २०७५/०७६ मा ४ सय ३६ दर्ता भएका थिए। नेपालको औद्योगिक ऐन अनुसार उक्त उद्योगहरूको वर्गीकरण गर्दा ठूला उद्योगमा १ हजार १ सय ११, मझौलामा १ हजार ७ सय ३१ र सानामा ५ हजार १ सय २४ वटा रहेका छन्। ठू

ला उद्योगहरूमा रोजगारी प्राप्त गर्नेको संख्या १ लाख ५८ हजार १३, मझौलामा १ लाख ५८ हजार ९ सय ९६ र सानामा २ लाख ८१ हजार ३ सय ८६ जना रहेको पाइएको छ।

विभागका सूचना अधिकृत विनोदकुमार खड्काका अनुसार प्र्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत रहेका ५८ जिल्ला र घरेलु तथा साना उद्योग कार्यालयहरू २९ वटा रहेका छन्।

देशभरका ७७ जिल्लामा रहेका यी कार्यालयले उद्योगहरू दर्ता गर्न सक्दछन्। यी कार्यालयले लघु, घरेलु तथा साना उद्योगको रूपमा ४ लाख २ हजार ६२ उद्योग दर्ता भइ सञ्चालनमा रहेको बताउनुभएको छ।

 

प्रतिक्रिया दिनुहोस्