फिजम कप पुस १ देखि



काठमाडौं, (नेस)।

संस्थागत विद्यालय सञ्चालकको मञ्च (फिजम) को आयोजनामा चौथो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता पुस १ गतेदेखि हुने भएको छ।

प्रतियोगितामा पुरुष र महिलामा समान १४–१४ गरी २८ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजकसमेत रहेका फिजमका सह–सचिव सुनिल केसीले जानकारी गराए।

पुस ७ गतेसम्म सञ्चालन हुने लिग कम नकआउट प्रतियोगिताका खेलहरू गोठाटारस्थित मोनास्टिक पब्लिक स्कुलको कोर्टमा हुनेछन्।

प्रतिक्रिया दिनुहोस्