सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बीमा रकम प्रदान



काठमाडौं, (नेस)।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीतपुर शाखाले बीमा दाबी वापत १ करोड ५० हजार भुक्तानी गरेको छ। कम्पनीद्वारा कपिलवस्तु ४ वाणगंगामा मृत्यु दाबी भुक्तानी कार्यक्रमको आयोजना गरी सवारी दुर्घटनामा ज्यान गुमाएका बीमित स्व. सोमनाथ पौडेलकी श्रीमती देवका खनाल पौडेललाई १ करोड ५० हजारको चेक हस्तान्तरण गरेको हो ।

बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई, सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र वाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद चौधरीले संयुक्त रुपमा पौडेलकी श्रीमती देवका खनाल पौडेललाई चेक हस्तान्तरण गर्नुभयो।

बुटवल–१३ बेलबास निवासी स्व. पौडेलले १५ वर्षे बीमाअन्र्तगत ५० लाखको बीमा गरी पहिलो किस्ता बुझाउनुभएको थियो। पौडेलकी १ छोरी रहेकी छन। ३३ वर्षीय पौडेलको सवारी दुर्घटनामा परी कार्तिक ५ गते निधन भएको थियो।

https://youtu.be/pxqeCWinkq8

https://youtu.be/Eyc3w-IOok4

प्रतिक्रिया दिनुहोस्