निर्देशक समाजमा रक्षा



नेपाल चलचित्र निर्देशक समाजको शनिबार राजधानीमा सम्पन्न १२औं साधारणसभाबाट निर्देशक रक्षासिंह राणा अध्यक्ष पदमा निर्वाचित भएकी छिन्।चावहिलस्थित चलचित्र विकास बोड हलमा आयोजित कार्यक्रममा उनी एक मतान्तरले विजयी भएकी हुन्।

यससँगै ३ वर्षदेखि सुचित्रा क्षेष्ठको नेतृत्वमा रहेको निर्देशक समाजले नयाँ नेतृत्व पाएको छ भने संघले दोस्रोपटक लगातार महिला नेतृत्व पाएको छ। रक्षाले कुल ४५ मत पाउँदा प्रतिद्वन्द्वी सुचित्रा श्रेष्ठले ४४ मत प्राप्त गरेकी थिइन्।

अध्यक्ष पदका लागि लक्ष्मण रिजाल, सुचित्रा श्रेष्ठ, शेखर खनाल र रक्षासहित ४ जनाले उम्मेदवारी दिएका थिए।साधारणसभाले उपाध्यक्ष पदमा राजेन्द्रकुमार उप्रेती ६२ र राजु अधिकारी ५८ मत पाएर विजयी भएका छन्।

उपाध्यक्ष पदमा विजयरत्न तुलाधर र आरबीके शरद पनि उम्मेदवारी दिएका थिए। संघको महासचिवमा जनकदीप पराजुली ६१ मतसहित विजयी भएका छन् भने ५१ मतसहित सचिव पदमा अरूणकुमार प्रधान विजयी भएका छन्।

महासचिवमा समीर बलामी र दिनेश लिगदेनले पनि उम्मेदवारी दिएका थिए। कोषाध्यक्ष पदमा समुद्र भट्ट र सहकोषाध्यक्षमा हरि सिलवाल विजयी भएका छन् भने कार्यसमिति सदस्यमा दीपक वली, किशोर भण्डारी, भीषण राई, देवेन्द्र पाण्डे, नवीन आवल, थमनसिंह पुर्जा र सुरेश न्यौपाने निर्विरोध चुनिएका छन्। कुल २ सय १७ मतदाता रहेको संघको निर्वाचनमा १ सय ३४ मत खसेको थियो भने १९ मत बदर भएको थियो।

https://youtu.be/Eyc3w-IOok4

https://youtu.be/pxqeCWinkq8

 

प्रतिक्रिया दिनुहोस्