“भू–स्वर्ग” खप्तड चिनाउन स्थानीयबासी अग्रसर



विमल विष्ट, डोटी

सुदूरपश्चिम प्रदेशको ‘भू–स्वर्ग’ का रूपमा रहेको खप्तड क्षेत्रलाई देश–विदेशमा चिनाउन यहाँका स्थानीय तथा विभिन्न क्षेत्रमा काम गर्ने संघ–संस्थाका पदाधिकारी सक्रिय छन्। कुनै बेला निगालोको जंगलका रूपमा चिनिँदै आएको खप्तड क्षेत्र पछिल्लो समय सुदूरपश्चिमका स्थानीयबासी प्राकृतिले दिएको खजाना भन्दै संसारभरि चिनाउन लागिपरेका छन्।

समुद्री सतहदेखि करिब २ हजार ७ सयदेखि ३ हजार २ सय २७ मिटरसम्मको उचाइमा अवस्थित खप्तड २ सय २५ वर्गकिलोमिरको क्षेत्रफलमा खप्तड फैलिएको छ। कहिले हिउँभित्र लुक्ने त कहिले रंगीचंगी फूलहरूसँग जिस्कने खप्तड धेरैका लागि अध्ययनको विषय पनि हो। त्रिवेणी, खापर दह, सहस्रलिंग, नागढुंगा, गणेशस्थान जस्ता सांस्कृतिक महत्व बोकेका धार्मिकस्थल खप्तडमा रहेका छन्। गंगादशहराका बेला खप्तडको त्रिवेणीमा भव्य मेला लाग्ने गर्छ।

अध्यात्मिक र असाधारण तपस्वीका रूपमा चिनिने खप्तड बाबाले ५० वर्षको तपस्यापछि सुदूरपश्चिमका चार पहाडी जिल्लाको सिमानामा पर्ने खप्तड क्षेत्रलाई ‘भू–स्वर्ग’ को उपनाम दिँदै संसारभर प्रचार गर्नुभएको थियो। डोटी जिल्लाको खप्तडमा ५० वर्ष बिताउनुभएका खप्तडबाबा आध्यात्मिक गुरु र विचारकका रूपमा चिनिनुहुन्छ।

सन् १८८० मा भारतको कस्मिरमा बस्ने नेहरू परिवारमा जन्मिनुभएका खप्डत बाबा विसं १९८६ मा नेपाल आउनुभएको थियो। संन्यास लिनुपूर्व उहाँ प्रतिभावान् डाक्टर हुनुहुन्थ्यो।

उहाँले कलकत्तास्थित ट्रपिकल मेडिकल कलेजबाट एमबीबीएस र बेलायतबाट सर्जनको अध्ययन गर्नुभएको थियो।त्यस्तै काशीको दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन अध्यापनपश्चात् गहन साधनाका लागि नेपालको खप्तड लेक रोज्नुभएको थियो।

अध्यात्मिक र असाधारण तपस्वीका रूपमा चिनिने खप्तड बाबाले ५० वर्षको तपस्यापछि सुदूरपश्चिमका चार पहाडी जिल्लाको सिमानामा पर्ने खप्तड क्षेत्रलाई ‘भू–स्वर्ग’ को उपनाम दिँदै संसारभर प्रचार गर्नुभएको थियो।

उहाँका धर्म विज्ञान, विचार विज्ञान, म र मेरो कर्तव्यलगायतका झन्डै डेढ दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् भने प्रकाशित हुन नसकेका उनकै हस्तलिखित थुप्रै कृति पनि खप्तडबाबाका विभिन्न ठाउँमा बनाइएका मन्दिरहरूमा सुरक्षित छन्।

खप्तड बाबाको विसं २०५३ साल जेष्ठ कृष्ण सप्तमीका दिन निधन भएको थियो। खप्तड बाबाले भनेझै खप्तड भू–स्वर्ग भन्दा कम नभएको यहाँका स्थानीयबासीको दाबी छ। खप्तड क्षेत्रमा पर्यटक भित्याउनका लागि अहिले सुदूरपश्चिमेली रातदिन खटिरहेका छन्।

गलंैचा बिच्छाएझैं विशाल हरिया फाँटहरू, मनै लोभ्याउने रंगीचंगी फूल, आश्चर्य लाग्ने त्यहाँको मौसम सायदै पृथ्वीका कुनै कुनामा होलान्। २२ पाटन ५२ झोती भएको नेपालको एकमात्र राष्ट्रिय निकुञ्ज पनि हो, खप्तड क्षेत्र।

हिउँद, वर्षा, गर्मी मौसममा भिन्नरूपमा प्रस्तुत हुने खप्तड धेरैका लागि नपुगी नहुने गन्तव्य पनि भएको स्थानीयबासी तथा डोटी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो। उहाँले भन्नुभयो– ‘सुदूरपश्चिम आउने पर्यटकले खप्तड नपुगी नहुँने ठाउँ हो, खप्तड पुग्दा मनका अशान्ति सबै हराउने छन्।’ चार रैथानेसहित १ सय ३५ प्रजातिका फूल खप्तडमा नियाल्न सकिन्छ।

२ सय २४ प्रजातिका जडीबुटी, ५ सय ३७ प्रजातिका वनस्पती, २ सय ७० जातका चराचुरुङ्गी खप्तड क्षेत्रमा हेर्न पाइन्छ। विश्वकै दुर्लभ जातिको हरियो छेपारो खप्तडमा पाइन्छ। बाह्रै महिना पानीको सतह एकैनासको हुने विशेषता रहेको १ सय ५० मिटर लम्बाइ ५० मिटर चौडाइ रहेको खप्तडमा दह पनि रहेको छ।

सह्रस्रलिंग, नागढुंगा, ताल, दुर्लभ बझांगी भ्यागुता खप्तडले पाएका भिन्नै उपहार पनि हुन्। प्रकृतिले त खप्तड धनी छ नै। धार्मीकरूपले पनि त्यतिकै प्रसिद्ध भएको पूर्वी चौकी गाउँपालिकाका स्थानीय तथा कांग्रेस नेता रामप्रसाद उपाध्यायले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘खप्तड क्षेत्र जति प्राकृतिकरूपमा धनी छ, त्यत्ति नै धार्मीकरूपमा पनि धनी छ, खप्तड पुगेपछि घर फिर्ता हुन मनै लाग्दैन।’ खप्तडको त्रिवेणी मन्दिर धार्मीको विशेष महत्व छ। गंगादशहराका दिन पुजिने त्रिवेणी मन्दिरमा दर्शनार्थीको ओइरो लाग्ने गर्छ। त्यससँगै खप्तड बाबाको कुटीको पनि विशेष महत्व छ।

समुद्री सतहदेखि करिब २ हजार ७ सयदेखि ३ हजार २ सय २७ मिटरसम्मको उचाइमा अवस्थित खप्तड २ सय २५ वर्गकिलोमिरको क्षेत्रफलमा खप्तड फैलिएको छ। कहिले हिउँभित्र लुक्ने त कहिले रंगीचंगी फूलहरूसँग जिस्कने खप्तड धेरैका लागि अध्ययनको विषय पनि भएको डोटीका नेकपाका नेता तथा संघीय सांसद प्रेमबहादुर आले मगरले बताउनुभयो।

खप्तडमा प्राकृतिक सुन्दरको आनन्द मात्र होइन, धार्मिक आस्था राख्ने पनि अधिक छन्। त्रिवेणी, खापर दह, सहस्रलिंग, नागढुंगा, गणेशस्थान जस्ता सांस्कृतिक महत्व बोकेका धार्मिकस्थल पनि खप्तडमा रहेका छन्। गंगादशहराको बेला खप्तडको त्रिवेणीमा भव्य मेला लाग्ने गर्छ।

पर्यटनका दृष्टिले खप्तड अत्यन्त उर्वर क्षेत्र भएको स्थानीयबासीको दाबी छ। यहाँ पर्यटक भित्याउन सक्ने हो भने खप्तडको सिमाना जोडिएका सुदूरपश्चिमका चार जिल्ला बझाङ, अछाम, बाजुरा र डोटीको आन्तरिक आयस्रोतमा कायापलट हुने खप्तड मध्यावर्ती क्षेत्र विकास समितिका पूर्वाध्यक्ष लालबहादुर खड्काले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘खप्तड क्षेत्रमा पर्यटक मात्रै भित्र्याउन सके यहाँका चार पहाडी जिल्लाको विकास उल्लेख्य मात्रामा हुने देखिन्छ, अरू भन्दा खप्तडको विकास गर्न धेरै अगाडि बढ्न सक्ने थियो।’

खप्तड क्षेत्र पर्यावरणीय र धार्मिक पर्यटकसँगै अनुसन्धानकर्ताका लागि समेत उपयुक्त भएकाले वातावरण बनाउन सके खप्तडमा पर्यटकको ओइरो लाग्ने खप्तड पर्यटन विकास समितिका पूर्वाध्यक्ष पूर्णराज जोशीले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘खप्तडमा पर्यटन विकास मात्रै गरे अर्बौं रुपियाँको कारोबार हुनेछ।’ पर्यटनबाहेक खप्तडको जडीबुटी र वनस्पती पनि अर्को आय स्रोत हो। जंगली विषदेखि सञ्जिवनी बुटीसम्म खप्तडमा रहेकाले त्यसको सही सदुपयोग हुन जरुरी रहेको खप्तड क्षेत्रमा आउनुभएका अनुसन्धानकर्ता नारायण रूपाखेतीले बताउनुभयो।

खप्तड राष्ट्रिय निकुञ्जमा वार्डेनका रूपमा समेत काम गरी सक्नुभएका रूपाखेतीले खप्तडको जडीबुटीको मात्र सदुपयोग गर्ने हो भने सिंगो सुदूरपश्चिम धान्न सक्ने आर्थिक प्रगति हुने दाबी गर्नुभयो।

खप्तडको प्रचारप्रसार र पर्यटन विकासका लागि विसं २०६३ सालमा खप्तड पर्यटन विकास समितिको गठन भयो। त्यस यता झन्डै २२ करोड रुपियाँ विकास समितिमा आइसकेको छ। तर, अहिलेसम्म पर्यटकलाई खाने–बस्नसमेत खासै व्यवस्था खप्तडमा हुन सकेको छैन।

खप्तडको बिचपानी र पाटनमा दुईवटा गेस्ट हाउस बनाइएका भए पनि ती गुणस्तरहीन भएकाले पाहुना बस्न लायक नभएको हालै खप्तड पुगेर फर्किनुभएका स्थानीय तथा सञ्चारकर्मी मोहन शाहीले बताउनुभयो। हरेक समिति र त्यहाँका कर्मचारी वर्षेनी आर्थिक अनियमितताको आरोपले मुछिँदै आएका छन्।

लालबहादुर बोगटीको अध्यक्षतामा खप्तड मध्यावर्ती क्षेत्र विसं २०६१ सालमा गठन भएको हो। खप्तडको मध्यावर्ती क्षेत्रअन्तर्गत चार जिल्लाका तत्कालीन २१ गाविस रहेका छन्। बोगटी खप्तडका कारण आफूहरूको विकासभन्दा समस्या बढी भएको दुखेसो गर्नुहुन्छ। त्यस्तै निकुञ्जले गरेको आम्दानीमध्ये ५० प्रतिशत रकम मध्यावर्ती क्षेत्रका बासिन्दाका लागि खर्च गर्नुपर्ने पर्छ।

तर, निकुञ्जको आम्दानी न्यून छ। निकुञ्जका वार्डेन लालबहादुर भण्डारीले भन्नुभयो– ‘पर्यटकबाट केही आम्दानी हुन्थ्यो, त्यो पटक्कै छैन। अरू आयस्रोत अहिले निकुञ्जसँग छैन।’ निकुञ्जबाट आएका वन्यजन्तुले अन्नपात खाइदिने, मान्छेमाथि आक्रमण गर्ने गरेकाले मध्यावर्ती क्षेत्रका स्थानीय बढी निरास छन्।

निकुञ्ज भएकाले आफ्ना बस्तुभाउलाई चरीचरणका लागि पनि समस्या भएको स्थानीयबासी धनबहादुर विष्टले दुखेसो पोख्नुभयो। ‘निकुञ्जका जनावरले हाम्रा खेतीपाती र अन्नबाली सबै खाइदिन्छन्, राहत पाइँदैन’, उहाँले भन्नुभयो– ‘हाम्रा चौपायालाई निकुञ्जमा चर्ने अनुमति छैन, हामीलाई समस्या परेको छ।

https://youtu.be/pxqeCWinkq8

https://youtu.be/Eyc3w-IOok4

 

प्रतिक्रिया दिनुहोस्