हत्याका आरोपी १५ बर्ष पछि पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

१५ बर्ष अघि कुटपीटका कारण एक युवकको मृत्यु भएपछि फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोटको तार्केश्वर गाउंपालिका ४ का सैलु लामालाई कुटपिट गरी फरार रहेकोमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले सन्तबहादुर तामाङ र केशव लामालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोटमा बुझाएको छ ।

२०६१ साल बैशाख २६ गते फ्याङबो तामाङको घरमा घेवा हेर्न गएको बेला टोल टोलबीचको झगडाका क्रममा अभियुक्त सहित ४ जनाको टोलीले सैलु लामालाई कुटपिट गरी सख्त घाईते बनाएकोमा उपचारको क्रममा उनको सोही महिनाको २९ गते मृत्यु भएको थियो ।

सैलुको मृत्यु पछि फरार रहेका अभियुक्तको खोजीमा जुटेको प्रहरी टोलीले उनीहरुलाई राजधानीको बिभिन्न स्थानबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोट बुझाएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्