शरीरमा गाँजाको प्याकेट बेरेर भारततर्फ जाँदै गरेका ५ पक्राउ



न्युज अफ नेपाल, वीरगञ्ज ।

अवैध लागूऔषध गाँजासहित पर्साबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज–१८ बस्ने २० बर्षीय फुलमह्मद मियाँ, २० बर्षकै नौसाद हुसेन, सखुवा प्रसौनी गाउँपालिका–१ मधुवनमथौल १९ बर्षीय एजाजुल देवान, १९ बर्षीय अली हुसेन देवान र २१ बर्षीय इजाजुल मियाँ रहेको प्रहरीले जनाएको छ ।

पाँचै जनाले शरीरमा गाँजाको प्याकेट बेरेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

इनर्वास्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा शनिबार पक्राउ परेका उनीहरुलाई प्हरीले आइतबार सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्