सिन्धुपाल्चोक दुर्घटना अपडेट : धुलिखेल अस्पतालमा उपचार भइरहेका सबै घाइतेको अवस्था गम्भीर



मोतीराम तिमल्सिना, काभ्रे ।

दोलखाको कालिञ्चोक बाट दर्शन गरी फर्किदै गरेका यात्रुहरु सवार बस  सिन्धुपाल्चोकको सुनकोशी-७ स्थित पाँच किलो मोडमा दुर्घटना हुँदा १३ को घटनस्थलमै मृत्यु भएको छ भने १६ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको अहिले धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।घाइते सबैको अवस्था गम्भीर रहेको छ । घाइतेहरुमा अन्दाजी ६० बर्षीय मिठु ढकाल, ३२ बर्षीय राम सिंह तामाङ , एक बालक र एक जना महिला रहेका छन् ।

बसका चालक फरार रहेका छन् । चालकको लापरबाहीले बस दुर्घटना भएको सिन्धुपाल्चोकका ट्राफिक प्रमुख राजेश दाहालले बताउनु भयो ।


यस्तै घाइते मध्ये ६ जनाको काठमाडौको ह्याम्स अस्पतालमा उपचार जारी छ । भने ६ जना खाडीचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्