भ्रमण वर्षको प्रचारप्रसार गर्दै सचिवालयको टोली ओमनमा



भूपराज बस्याल, काठमाडौं ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उदेश्यका साथ भ्रमण वर्षको प्रचारप्रसार गर्दै भ्रमण वर्षको सचिवालयको टोली ओमन पुगेको छ ।

टोलिले शुक्रबार नेपाली राजदुतावास ओमनमा त्यहाँ स्थित बिभिन्न सघंसस्थाहरुको बिचमा नेपाल भ्रमण वर्ष सफल पार्ने बिषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

अल फलाज होटल मस्कटमा आयोजित उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयका उपसचिव राजन पौडेलले भ्रमण वर्षका सम्बन्धमा भए गरेका काम कारवाहीहरू, तयारीहरू, भ्रमण वर्षको लक्ष्य, उद्देश्यका साथै ब्राण्डिङ्ग गाइडलाइनका विषयमा प्रस्तुतीकरण दिनुभयो ।

उक्त कार्यक्रममा नेपाली राजदूतवास मस्कट राजदूत सर्मिला पराजुली ढकालले कार्यक्रमको दौरानमा सहभागीहरुबाट उठेका जिज्ञासाहरूको सम्बोधन गर्दै नेपाल भ्रमण वर्षलाई सफल बनाउन खाडि क्षेत्रमा रहेका सम्पूर्ण नेपाली समुदायको महत्वपुर्ण भूमिका रहने विषयमा जोड दिँदै ओमानमा यो कार्यक्रमको आयोजना गरेकोमा नेपाल भ्रमण वर्षको सचिवालयप्रति आभार व्यक्त गर्नुभयो ।

साथै उहाँले नेपाल भ्रमण वर्षको सचिवालयले गैरआवासीय नेपाली संघसँग नेपाल भ्रमण बर्षलाई सफल बनाउने समझदारी पत्रमा हस्ताक्षर गरिसकेको सन्दर्भमा यसको प्रवर्द्धनका लागि गैरआवासीय नेपालीहरुको महत्त्वपूर्ण योगदान रहनु पर्ने विचारसमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी गैरआवासीय नेपाली समुदाय लगायत उपस्थित सम्पूर्णले भ्रमण वर्षको कार्यक्रमको सम्बन्धमा आफ्ना सुझावसहित चासो व्यक्त गर्दै यसको सफलताका लागि आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्