सेफ्टी ट्यांकीमा श्रीमतिको लास फालेर विवाहभोज र जन्ती हिडेपछि



सीताराम अधिकारी, धादिङ ।

मध्य धादिङको सिद्धलेक गाउँपालिका–३ आमकोटका अर्जुन थापा मगरले काकाहरुको सहयोगमा विवाह गरेकै भोलीपल्ट श्रीमतिको घाँटी थिचेर हत्या गरे ।

हत्या भएको १८ दिनपछि प्रहरीले विषेश सूचनाको आधारमा हत्यामा सम्लग्न तिन जनालाई पक्राउ गरि हिरासतमा लिएको छ ।

विवाह गरेर घर ल्याएको श्रीमतिलाई त्यसको भोलीपल्ट हत्या गरेपछि लासलाई सेफ्टी ट्यांकीमा हालेर बेपत्ता पार्ने मध्य धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापामगर, अर्जुनका काका ३२ वर्षीय छबी थापा मगर र ४७ वर्षीय इन्द्र थापामगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपि रुपक खड्काले जानकारी दिनुभयो ।

२० वर्षीय अनिशा तामाङलाई ०७६ मंसिर ९ गते मकवानपुरबाट विवाह गरि ल्याएका थिए । विवाहको भोलीपल्ट १० गते राती हत्या गरेर सेफ्टी ट्यंकीमा हाले ।

अनिशाको श्रीमान अर्जुन हुन् । अर्जुनले काकाहरुलाई साथमा लिएर हत्या गरे । विवाह गरेर ल्याएको मान्छे कहाँ छ भनेर गाउँबासीले सोधिखोजी गर्दा माइत गएको बताएर गाउँबासीलाई ढाँट्दै आएका थए । लास समत बेपत्ता पार्नका लागि ठूलो शौचालयको सेफ्टीट्यांकीमा हालेका थिए ।

रक्सी खाएर घरमा बसेको बेला अनिशाको घाटी थिचेर हत्या गरेपछि शौचालयको सेफ्टीट्यांकीमा हालेको अवस्थामा लास फेला परेको र घटनामा गाउँबासीले थाहा पाएर सार्वजनिक भएको सिद्धलेक गाउँपालिका-३ का वडाअध्यक्ष देबबहादुर पुलामीले बताउनुभयो । यस अघि गाउँबासी यहाँ लास गनाएको भनिरहेको बेला गोरु मरेको समेत भनेर उनिहरुले गाउँबासीलाई झुक्याउँदै आएका थिए ।

घटनापछि आरोपित अर्जुन गाउँमा विवाह भोज, जन्ती जाने गरेका थिए । यसै क्रममा उनले श्रीमतिले आत्महत्या गरेको र लासलाई थाहा नपाउनेगरि सेफ्टी ट्यांकीमा हालेको बताएका थिए । एक कान दुईकान हुँदै मैदान भएपछि प्रहरीको प्रारम्भीक अनुसन्धानबाट घटना हत्या भएको आसंकमा अनुसन्धान पछि आरोपीहरु हिरासतमा आएका हुन् ।

प्रारम्भिक अनुसन्धानबाट घटना हत्या भएकोले तिन जनालाई अनुसन्धानपछि कर्तव्य जान मुद्दा चलाइने प्रहरीको भनाइ छ ।

शौचालयको सेफ्टी ट्यांकीको ढकनी खोलेर ब्ल्याङ्केटले बेरेपछि अनिसाको लास हालिएको अवस्थामा भेटिएको थियो । सेफ्टी ट्यांकीको ढकनी ठूलो भएकोले एक जनाले मात्र खोल्न सक्ने अवस्थामा नरहेकोले उनिहरु मिलेर हत्या गरेको आरोप लगाइएको छ ।

शौचालयमा दिसा पिसाव नगरेका कारण आरोपितले दिन दिनै धेरै पानी हालेर राख्ने गरेको गाउँबासीले बताएका छन् । घरमा विवाह गरेर ल्याइएको श्रीमति खोजी गर्दा सोही दिन माइतिर्फ गएको भनेर आरोपितले ढाँट्दै आएका थिए । घटना पछि लास गनाउन थालेको गाउँबासीले शंका गरिरहेको बेला प्रहरीको टोलीले प्रारम्भिक अनुसन्धान पछि सबैलाई गिरफतार गरेको हो ।

शब परिक्षणको लागि जिल्ला अस्पताल राखिएको छ भने घटनाको थप अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्