झगडामा हानाहान, एकको मृत्यु



रामधन राइ, खोटाङ ।

टाउकोमा मुस्ली प्रहार हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठका २४ वर्षीय रमेश राईको मृत्यु भएको छ ।

बिहिबार राती भएको झगडाका क्रममा हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले तल्लोचिचिङ्गाका अशोक राई, बलराम राई र बबिन राईको समुहले टाउकोमा मुस्ली प्रहार गर्दा गम्भीर घाईते भएका राईको उपचारकोक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताउनुभयो ।

टाउकोमा गम्भीर चोट लागेपछि अटोमा हालेर हलेसीस्थित एक क्लिनिकमा ल्याइएका राईको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घट्नामा संलग्न तीनै जना फरार छन् । घटना बारे थप अनुसन्धान गर्न र फरारको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकको कमाण्डमा टोली खटाइएको छ ।

दाजु अर्जुन सहित भूकम्प पुःननिर्माण अन्तरगतको घर निर्माणको काम गरेर फर्कँदै गरेका रमेश र अन्य तीन जनाबीचमा बाटोमा भेट भएपछि सामान्य विषयमा झगडा सुरु भएको जानकारी आएको हलेसी तुवाचुङ नगरपालिकामा मेयर इवन राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्