बेलायतमा आम चुनाव, ब्रेक्जिट प्रक्रिया प्रमुख चुनावी मुद्दा



लन्डन, (एजेन्सी)।

बेलायतमा ब्रेक्जिट गतिरोध समाप्त पार्न बिहीबार आम निर्वाचनमा मतदान भएको छ। ५ वर्षभन्दा कम समयमा भएको यो तेस्रो चुनाव हो। ब्रेक्जिट प्रक्रियामा भइरहेको ढिलाइसँगै उत्पन्न यस मध्यावधि चुनाव यसै मुद्दामा केन्द्रित रहेको छ।डिसेम्बर महिनामा भएको यो मतदान विगत १ सय वर्षमा पहिलो आम चुनाव हो।

इंग्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र नदर्न आयरल्यान्डको ६ सय ५० सिटका लागि बिहान ७ बजेदेखि मतदान भएको हो।मतदान राति १० बजेसम्म जारी रहनेछ। त्यसको लगत्तै मत गणना हुनेछ। शुक्रबार बिहानसम्ममा धेरैजसो परिणाम आउने अनुमान गरिएको छ। यस चुनावले प्रत्येक सिटमा अधिकतम् भोट हासिल गर्ने ६ सय ५० प्रत्यासी चयन गर्नेछ।

परम्परागत रूपमा बेलायतमा प्रत्येक ४ वर्ष वा ५ वर्षमा चुनाव हुन्छ। तर अक्टोबरमा सांसदहरुले १२ डिसेम्बरमा आम चुनाव गराउने पक्षमा औपचारिक मतदानबाट प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावको समर्थन गरेका थिए।सन् १९७४ पछि पहिलो पटक जाडो मौसममा आम चुनाव भइरहेको छ।

डिसेम्बरको महिनामा यो सन् १९२३ पछि पहिलो पटक सम्पन्न हुन गइरहेको छ।१८ वर्ष वा त्योभन्दा बढी उमेरका बेलायत वा कमनवेल्थ वा आयरल्यान्डका योग्य नागरिक ती चुनावमा मतदान गर्न सक्नेछन्। सन् २०१६ मा भएको जनमत संग्रहपछि देशको राजनीति यसै मुद्दालाई टुंग्याउने प्रक्रियामा अल्झिरहेको छ।

युरोपेली संघको सदस्यबाट अलग हुने अर्थात ब्रेक्जिट प्रक्रियालाई पूरा गर्न महत्वपूर्ण तथा निर्णायक हुने यस मतदानमा ६ सय ५० सिटका लागि ३ हजार ३ सय २२ उम्मेदवार चुनावी मैदानमा छन्।

बेलायतको तल्लो सदन हाउस अफ कमन्समा कुनै पाटीका आधा सांसद ३ सय २६ चुनेर आउँछ भने त्यही पार्टीले नयाँ सरकार बनाउनेछ। यदि कुनै पार्टीसँग बहुमत छैन भने एकभन्दा पार्टी मिलेर गठबन्धन सरकार बनाउन सक्नेछ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आफ्नो पार्टीको ब्रेक्जिट प्रक्रियालाई पूरा गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा छन् भने विपक्षी दल अन्तिम ब्रेक्जिट सम्झौतामा पुनः एक पटक जनमत संग्रह गराउन चाहन्छ।

प्रतिक्रिया दिनुहोस्