नेपाली युवा भारतमा सम्मानित



काठमाडौं, (नेस)।

लामो समयदेखि पिछडावर्गको उत्थानमा लागेका नेपाली युवक भारतमा सम्मानित भएका छन्। सप्तरीमा जन्मिएका प्रकाशमणि राउतलाई नेसनल एन्टी क्राइम्स एन्ड ह्युमन राइट्स काउन्सिल अफ इन्डियाले मंगलबार भारतमा सम्मान गरेको हो।

राउतलाई काउन्सिलका अध्यक्ष देवास लामा र उपाध्यक्ष सकट मिर्जाले गोल्ड प्लेट वितरण गर्नुभयो। राउतले यसअघि पनि भारतका विभिन्न संघसंस्थाबाट अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पाइसक्नुभएको छ।

उहाँ नेपाल पिछडावर्ग ओबीसी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुनुहुन्छ। सो कार्यक्रममा नेपालसहित भारत, मलेसिया, श्रीलंका, इन्डोनिसेसियालगायतका ११ देशका युवा सहभागी बनेका थिए।

प्रतिक्रिया दिनुहोस्