सीमा बैठकको टुंगो छैन : भारत



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल–भारतबीचको सीमा विवाद जतिसक्दो छिटो किनारा लगाउन सरकारको ध्यानाकर्षण गराउने क्रम जारी रहेका बेला भारतीय पक्षले यसबारेको बैठक टुंगो नलागेको जनाएको छ।सीमा विवादबारे बैठकको मिति अझै तय नभएको भारतीय विदेश मन्त्रालयको भनाइ छ।

लिपुलेक, कालापानी क्षेत्रको पछिल्लो सीमा विवाद समाधानका लागि द्विपक्षीय संवादको खाँचो औंल्याउँदै सरकारले यही महिनाको पहिलो साता भारतलाई ‘कूटनीतिक नोट’ पठाइसकेको छ।

बिहीबार सञ्चारकर्मीसँगको नियमित साप्ताहिक जमघटमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले भन्नुभयो– ‘यो विषयमा (बैठकबारे) केही बताउन सकिन्न।’ यस विषयको पहल कूटनीतिक माध्यमबाटै हुने उहाँको भनाइ छ।

लिपुलेक, कालापानी क्षेत्रको पछिल्लो सीमा विवाद समाधानका लागि द्विपक्षीय संवादको खाँचो औंल्याउँदै सरकारले यही महिनाको पहिलो साता भारतलाई ‘कूटनीतिक नोट’ पठाइसकेको छ।

भारतले नेपाली भूमि मिचेर नयाँ राजनीतिक नक्सा सार्वजजिक गरेपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै संवादका लागि पत्राचार गरेको थियो। परराष्ट्र मन्त्रालयले भारतसँग वार्ताको प्रयास भइरहेको बताइरहँदा नेपालको पत्रबारे भारतले अझै औपचारिक जवाफ पठाएको छैन।

भारतले गत कात्तिक १६ मा सार्वजनिक गरेको आफ्नो मुलुकको पछिल्लो नक्सामा कालापानीलगायतका नेपाली भू–भागसमेत देखाएपछि सीमा विवाद बल्झिएको छ। सीमा विवाद समाधान गर्न र भारतले गरेको त्रुटि सच्याउन ध्यानाकर्षण गराउँदै नेपालमा विरोध शुरू भएपछि भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेश सचिव विजय केशव गोखलेसँग भेटवार्ता गर्नुभएको थियो।

परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमार्फत निकास निकाल्नुपर्ने प्रस्ताव आचार्यले गर्नुभएको थियो। तर बैठक अझै तय हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्