टेलिकमको २५ जिल्लाका विभिन्न स्थानमा एफटिटिएच सेवा 



काठमाडौँ
नेपाल टेलिकमले देशका २५ जिल्लाका विभिन्न स्थानमा एफटिटिएच अर्थात् ‘फाइबर टू द होम सेवा’ उपलब्ध गराइरहेको छ ।

नेपालभर विभिन्न स्थानमा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच सेवा उपलब्ध गराइरहेको तथा काठमाडौँ उपत्यकाबाट वितरण प्रारम्भ गरिएको एफटिटिएच सेवालाई २५ जिल्लाका विभिन्न स्थानमा उपलब्ध हुने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।

कम्पनीका अनुसार काठमाडौँमा यो सेवा कीर्तिपुर कार्यालयअन्तर्गत भत्केको पाटी रुट, एक्सचेन्ज एरिया, नगाउँ दोबाटो चोक, नगाउँ, कीर्तिपुर विहार, कीर्तिपुर, कीर्तिपुर ढोकासी, चिखु प्लानिङ, कुमारी क्लब र ट्याङ्लाफाँट क्षेत्रमा यो सेवा वितरण भइरहेको छ ।

त्यसैगरी गोङ्गबु कार्यालयअन्तर्गत चमती, गोङ्गबु चोक रिङरोड, खुशिबु टाउन प्लानिङ, खुशिबु नयाँ बजार र बसुन्धरा क्षेत्रमा सेवा वितरण भइरहेको छ । नक्साल एक्सचेन्जबाट पुतलीसडकमा कुमारी बैंकको विपरीत क्षेत्र, पुतलीसडक, स्टार मल, डिल्लीबजार, डिल्लीबजार पीपलबोट, चारखाल, ज्ञानेश्वर, घट्टेकुलो, मैतीदेवी, खसीबजार र कृष्ण पाउरोटी क्षेत्रमा एफटिटिएच सेवा उपलब्ध छ ।

छाउनी कार्यालयअन्तर्गत कालीमाटी, ताहाचल, छाउनी, बाफल र गाईबाच्छा पाटी क्षेत्रमा र नैकापअन्तर्गत सिभिल होम्स तीनथाना, अर्किड कोलोनी, ढुङ्गेअड्डा तथा ढुङ्गेअड्डादेखि तीनथाना क्षेत्रमा यो सेवा वितरण भइरहेको छ ।

सुन्धारा कार्यालयबाट ठहिटी चोक, भेडासिंह, असन, बागदरबार र टेकु तथा हात्तीगौडाअन्तर्गत वसुन्धरा, महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट नजीक, सुकेधारा र धुम्बाराही नजीक क्षेत्रमा यो सेवा उपलब्ध छ ।

बबरमहल कार्यालयअन्तर्गत अल्फा बिटा नजीक, बिआइसिसीको उत्तर, ह्वाइट हाउस नजीक र भेनस हस्पिटलको विपरीत क्षेत्रमा यो सेवा उपलब्ध छ । त्यसैगरी ठिमी (गोठाटार) अन्तर्गत नमूना चोक, सनराइज चोक, काँडाघारी चोक नजीक र सनसिटी तथा चाबहिलमा कार्यालय नजीकको क्षेत्रमा यो सेवा उपलब्ध छ ।

ललितपुर जिल्लामा सैँबु, पाटन र ठैब कार्यालयबाट एफटिटिएच सेवा वितरण भइरहेको छ । सैँबुअन्तर्गत सैँबु कार्यालय, विनायक कोलोनी, जनता आवास र कार्यविनायक तथा पाटन कार्यालयअन्तर्गत बखुन्डोल नजीक, सानेपा चोक, झम्सिखेल, घुसिंगाल, कुपन्डोल र कानदेवता स्थानमा यो सेवा उपलब्ध छ ।

त्यसैगरी ठैब कार्यालयअन्तर्गत झरुवारासी, नयाँ बस्ती र दमाइँटारमा यो सेवा उपलब्ध छ । भक्तपुर जिल्लामा भक्तपुर र ठिमी कार्यालयले एफटिटिएच सेवा उपलब्ध गराइरहेका छन् । भक्तपुरअन्तर्गत जितपुर र नगरकोट तथा ठिमीअन्तर्गत आँखा अस्पताल क्षेत्र, पुल नजीकै, क्याबिनेट २५ मा र कौशलटार क्षेत्रमा यो सेवा उपलब्ध छ ।

त्यसैगरी विराटनगर, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रे, कास्की, सुर्खेतलगायत जिल्लाका विभिन्न स्थानमा एफटिटिएच सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

एफटिटिएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी पनि छ । यो सेवा मुलुकभर विस्तार गर्न कम्पनीले तीव्र रुपले कार्य योजना अघि बढाएको छ । कम्पनीले यो सेवालाई ‘एनटी फाइबर’को नाममा ब्रान्डिङ गरेको छ ।

टेलिकमले एफटिटिएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका साथै कम्बो प्याकेजसमेत उपलब्ध गराइरहेको छ । यसअन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबिपिएसको प्याक जम्मा रु आठ हजार रुपैयाँमा उपलब्ध छ ।

हाल एफटिटिएच प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सिपिई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् । हालसम्म कम्पनीका यस सेवाका ग्राहक सङ्ख्या १५ हजार आठ सय रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्