सुकीद्वारा आम नरसंहार आरोप अस्वीकार



याँगुन, (एजेन्सी)।

म्यान्मारका नेता आङ सान सुकीले संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय अदालतमा आफ्नो राष्ट्रविरुद्ध लगाइएको आम नरसंहार गरेको आरोप अस्वीकार गरेकी छन्। शान्तिका लागि नोवेल पुरस्कार विजेता म्यान्मार सरकारले त्यहाँको अल्पमत मुस्लिम समुदाय रोहिंग्याविरुद्ध अमानवीय दमन गरेको भन्ने दाबीको प्रतिवाद गरेकी छिन्।

सुकीले म्यानमारविरुद्धको मुद्दा ‘अपूर्ण र गलत’ रहेको प्रतिक्रिया दिएकी छिन्। उनले रोहिंग्या समूहको बाहुल्य रहेको रखाइन राज्यमा लामो समयदेखि समस्या यथावत रहेको बताएकी छिन्।

बौद्धमार्गीको बाहुल्य रहेको म्यान्मारमा सन् २०१७ मा सेनाले गरेको व्यापक दमनका क्रममा ७ लाख भन्दाबढी रोहिंग्या भागेर छिमेकी मुलुक बंगलादेशमा शरण लिन पुगेका थिए भने अन्य हजारौं संख्यामा मारिएका थिए।

शुरूदेखि नै म्यानमार सरकारले रखाइन राज्यमा उग्रवादीको समस्या सुल्झाइरहेको अडान लिँदै आएको हो।सुकीले पनि त्यहँँको घटनालाई ‘आन्तरिक सशस्त्र द्वन्द्व’को संज्ञा दिँदै त्यहाँको हिंसालाई रोहिंग्या लडाकुले सरकारी सुरक्षा चौकीमा आक्रमण चर्काइ रहेको बताउने गरेकी छन् ।

साथै सुकीले त्यति बेला सुरक्षा कारबाही अघि बढाउने क्रममा सेनाले अलि बढी बल प्रयोग गरेको पनि हुन सक्ने र यदि कुनै पनि सैनिकले युद्ध अपराध गरेको पाइएमा कारबाही गरिने पनि बताएकी छिन्।

प्रजातन्त्रकी सेनानीको रूपमा अन्तर्राष्ट्रिय जगतबाट सम्मान र प्रशंसा बटुल्दै आएकी सुकी सन् २०१६ को अप्रिलदेखि पर्दा पछाडिको वास्तविक शासकको रूपमा रहँदै आएकी हुन्। सुकीले आफ्नो जीवनकालमा आपूmलाई वर्षौंसम्म नजरबन्दी बनाउने सेनालाई नै अहिले साथ दिइरहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्