पेन्सन विवाद



पेरिस, (एजेन्सी)।

फ्रान्सका प्रधानमन्त्री एडुआर्ड फिलिप्पेले विवादास्पद पेन्सन निष्पक्ष प्रणालीका रूपमा परिणत गर्न सुधार गरिनुपर्ने बुधबार बताएका छन्। पेन्सनको पैसा घटाउनका लागि कर्मचारीलाई लामो समयसम्म काम गर्न बाध्य गराएको भन्दै युनियनले विरोध प्रदर्शन गरेका थिए तर प्रधानमन्त्री फिलिपेले यो नयाँ पेन्सन योजना सन् २०२२ देखि सेवा प्रवेश गर्नेहरूमाथि मात्र लागू हुने तथा सन् १९७५ अघि जन्मेका माथि यो नियम लागू नहुने बताएका छन्। यस पेन्सन विवादलाई लिएर सात दिनदेखि विरोध प्रदर्शन जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्